2026 April 26/ 03:01: 18am

बनेपा/बेथान्चोक हिल्स प्रालिको प्रथम साधारण सभा प्रालिका अध्यक्ष बद्री प्रसाद तिमल्सिनाको अध्यक्षतामा सम्पन्न भएको छ । 
प्रालिको साधारण सभा बेथान्चोकको नारायन स्थानमा गई सम्पन्न गरेको थियो । साधारण सभामा अधिबक्ता विराज खनालको प्राथमिकता रहेको थियो । खनालले कम्पनीले अल्पकालीन र दिर्घकालीन योजना बनाई कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनु भयो । प्रालिले बेथान्चोकका कार्यक्रमहरु सञ्चालन गर्दा स्थानिय सरकारलाई धेरै सहयोग पुग्ने, धेरैले रोजगारको अवसर प्रापत हुने, आन्तरिक पर्यटनमा टेवा पुग्ने खानालले बताउनु भयो । 
कार्यक्रममा प्रालिको वार्षिक प्रतिवेदन सचिव कमल प्रसाद तिमल्सिनाले प्रस्तुत गर्नु भएको थियो । तिमल्सिनाले प्रालिले छिट्टै नयाँ योजना ल्याई बेथान्चोकमा आन्तरिक तथा वाह्य पर्यटकलाई बृद्धि गर्न मद्दत पुग्ने बताउनु भयो । सभामा पलिको २ करोड ४७ लाख ५० हजार शेयर पुजीं रहेको बताएको थियो ।