बनेपा/नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बागमती प्रदेश कमिटीको तेस्रो अबिधेशनबाट निर्वाचित प्रदेश कमिटीका पदाधिकारीलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पनौती नगर कमिटी र धुलिखेल नगर कमिटीले सम्मान गरेको छ । गत चैत २१ गते सम्पन्न अधिवेशनबाट अध्यक्षमा वेदप्रसाद घिमिरे, उपाध्यक्षद्वय भीम कार्की, गणेश श्रेष्ठ, सचिव शिव कुमार श्रेष्ठ, सहसचिवद्वय काइला श्रेष्ठ, केदार फुयाल, कोषाध्यक्ष डाक बहादुर राउत सदस्यहरु सुनिल धाँजु, राजु नापित, सहबहादुर बिक र सल्लाहकार जगतबहादुर श्रेष्ठ निर्वाचित भएका थिए ।
प्रदेश कमिटीमा काभ्रेबाट अध्यक्ष वेदप्रसाद घिमिरे, उपाध्यक्ष भीम कार्की, सदस्यहरु सुनिल धाँजु, राजु नापित, सहबहादुर बिक र सल्लाहकारमा जगतबहादुर श्रेष्ठ निर्वाचित भएका थिए । निर्वाचिच पदाधिकारीहरुलाई केन्द्रिय अध्यक्ष भिम ज्वाला राईले सम्मान गरेका छन् । राईले बधाई दिदै मजदुरको हकहितमा लड्न आग्रह गरेका थिए । मजदुरका तमाम समस्या रहेकालाई सरकारसँग उक्त मागहरु समाधानका लागी सुझाव दिएको राईले बताए । सधै ब्यबसायीहरुका माग मात्रै सुनुवाई हुने भएकाले मजदुरहरुको जायज माग पुरा गर्न सरकारलाई राईले आग्रह गरे । मजदुरहरु पनि अनुशासित हुनुपर्ने राईको भनाई रहेको थियो । सम्मान कार्यक्रममा संगठनका केन्द्रीय उपाध्यक्ष नवराज घिमिरे, बागमती प्रदेश कमिटी अध्यक्ष बेद प्रसाद घिमिरे लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम धुलिखेल नगर कमिटी अध्यक्ष अर्जुन लामाको सभापतित्त्वमा र पनौती नगर कमिटी अध्यक्ष शेषनाथ घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।









