बनेपा/चण्डेश्वरी बचत तथा ऋण सहरकारी संस्थाले आमाको मुख हेर्ने अवसरमा ७५ वर्ष उमेर माथिको १३१ जना जेष्ठ सदस्य माताहरुलाई सम्मान गरेको छ ।
संस्थाका अध्यक्ष नविन भक्त बादेको सभापतित्वमा तथा जिल्ला सहकारी संघ लि.का अध्यक्ष अमन पोटे श्रेष्ठको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको हो । संस्थाले आमा र बुबाको मुख हेर्ने दिनमा हरेक वर्ष सम्मान गर्दै आएको संस्थाका कार्यालय प्रमुख रबिन्द्र पोटेले बताए । कार्यक्रमका प्रमुख अतिथी अमन पोटेले चण्डेश्वरी साकोस एक्सेस ब्राण्ड पाएको संस्थाले जेष्ठ सदस्य बुबा तथा आमालाई सम्मान गर्दा संस्थाको गरिमा बढेको र उहाँहरुको आर्शिबाद लाग्ने पोटेले बताए । सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले जेष्ठ सदस्यहरुलाई सम्मान, तीर्थाटन, स्वास्थ शिविर, रक्तदान, सदस्य शिक्षा शिविर लगायतका कार्यहरु गर्दै आएको संस्थाका अध्यक्ष नविन भक्त बादेले बताए । कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार विकास बादे, बालभक्त प्रधान लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तब्य कार्यक्रम संयोजक मनोहरी पोटेले राखेकी थिईन् । कार्यक्रममा ९९ वर्षिय कमलालक्ष्मी बादे लगाएतलाई पौष्टिक आहार, मिठाई लगाएत सामाग्री प्रदान गरिएको थियो ।









