2026 April 26/ 03:01: 19am

काँग्रेसलाई छैन चासो
धुलिखेल/धुलिखेलमा प्रजातन्त्र प्रेमीहरुको उपस्थितीमा संबैधानिक राजसंस्थाका पक्षधर काँग्रेस नेता, पुर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९८ औ जन्म जयन्ती धुलिखेलको सरस्वती बजारमा मनाईएको छ । नेपाली काँग्रेसले भने कृष्णप्रसाद भट्टराईको जन्म जयन्ती मनाउन छाडिसकेको छ । 
नेपाली काँग्रेस भित्र सन्त नेताका रुपमा चिनिने भट्टराईले पछिल्लो समय काँग्रेस परित्याग गरेका थिए । उनै सन्त नेताको सम्झनामा जन्मजयन्तीको अवसर पारेर धुलिखेका स्थानीयहरुले भट्टराईको तस्विरमा माल्यापर्ण गरी श्रद्धासुमन प्रकट गरेको स्थानीय बुद्धराम वेयजुले बताउनु भयो । यस अघि धुलिखेलका स्थानीयहरुले तत्कालिन राजा महेन्द्रको तस्विरमा माल्यापर्ण गरी जन्मजयन्ती मनाएका थिए । कार्यक्रममा स्थानीयहरु बुद्धराम वेयजु, चुनियालाल माकजु लगायत विभिन्न क्षेत्रका ब्यक्तिहरुले माल्यार्पण गरेका थिए ।