बनेपा/कोभिड्को माहामारीकोे कारण धेरै मानिसहरुले अक्सिजनको अभावले गर्दा अकालमा ज्यान गुमाइरहेको समयमा रोटरी क्लब अफ काठमाडाँै मिड्टाउनले विभिन्न स्वास्थ्य संस्थालाई ६ थान दस लिटर क्षमता भएको अक्सिजन कन्सन्ट्रेटर मेसिन उप्लब्ध गराएको छ ।
बनेपाको शीर मेमोरियल अस्पतालको लागि दुई थान, नेपाल हृदय रोग निवारण प्रतिस्ठान को बनेपा स्थित हार्ट क्लिनिकलाई दुई थान र पिपलचौर, नमोबुद्ध स्थित रोटरी सामुदायिक क्लिनिकको लागि दुई थान उप्लब्ध गराएको छ । उक्त उपकरणले स्वास प्रस्वास र दमका दीर्घ रोगी बिरामीहरु तथा डाइलाइसिस गराइरहेका बिरामीहरुको लागि समेत उपयोगी हुने बताएको छ । प्रस्तावित रोटरी क्लब काभ्रे भ्यालीले पनि शीर मेमोरियल अस्पताललाई डिस्पोजेबल फेस मास्क २००० थान, सेनिटाइजर १५ लिटर, अक्सिमिटर ६ थानका साथै अक्सिजन कन्सन्ट्रेटर र ढुवानी गरी बनेपा सम्म ल्याउन बिषेश सहयोग गरेको थियो ।
यस्तो विषम परिस्थितिमा रोटरी क्लबहरुद्वारा गरिएको सहयोगको लागि शीर मेमोरियल अस्पतालका डाक्टर अन्जेला बस्नेत रोटरी क्लब अफ् काभ्रे–बनेपाका अध्यक्ष सुय प्रभा शाक्य , नेपाल हृदय रोग निवारण प्रतिस्थान काभ्रे शाखाका सभापति अशोक श्रेष्ठ तथा उप–सभापति ग्रोबेन तौजले र रोटरी सामुदायिक संघ पिपल्चौरकि अध्यक्ष सबिना श्रेष्ठले हार्दिक आभार ब्यक्त गर्नु भएको थियो ।









