आनन्द सागर योगल श्रेष्ठ/धुलिखेल
जिल्लाको ‘काभ्रे जिल्ला लिग–२०७७’को दोस्रो राउन्डको फाइनलमा आकाश भैरव क्लब विजयी भएको छ । काभ्रे जिल्ला लिग–२०७७’को फाइनल खेल आकाश भैरव क्लब धुलिखेल र बनेपा ब्वाइज क्लब ९द्यद्यऋ० बिच भएको थियो । उक्त खेलमा अघिल्लो पटकको २०७६ मा भएको खेलमा पनि जिल्ला च्याम्पियन भएको आकाश भैरव क्लबले बनेपा ब्वाइज क्लबलाई टाईबेकरमा ५–३ ले पराजित गरेर यस पटकको पनि च्याम्पियन भएको छ ।
गत मंगलबार भएको खेलमा निर्धारित समयमा आकाश भैरव क्लब धुलिखेल र बनेपा ब्वाइज क्लब ९द्यद्यऋ० बनेपाले १–१ गोल गरेका थिए निर्धारित समयमा खेल बराबरीमा सकिएकोले टाइबेकरमा भएको खेलमा आकाश भैरव क्लब धुलिखेल ५–३ गोलले विजयी भएको छ ।
काभ्रे जिल्ला लिग–२०७७’को फाइनल खेलमा प्रमुख अतिथि नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिकाको प्रमुख अशोक व्याञ्जुले विजेता र उपबिजेता टिमलाई प्रमाण–पत्र र सम्मान गर्नु भएको थियो । ब्याञ्जुले सम्पुर्ण विजेता र सहभागीहरुलाई धन्यवाद दिदै खेलहरुलाई आगामी दिनम समेत निरन्तर दिन आग्रह गर्नु भएको थियो । युवाहरुलाई खेलकूदको लागी नगरपालिकाले सधै सहयोग गर्ने भएकाले यस्ता खेलहरुलाई निरन्तर राख्नु पर्ने बताउनु भयो । खेलमा विजेता टिमलाई नगद पचास हजार र उपविजेता टिमलाई नगद पच्चीस हजार पुरस्कार प्रदान गरिएको थियो । धुलिखेल सामुदायिक खेलमैदानमा २०७७ चैत १७ देखि संचालन भैरहेको ‘काभ्रे जिल्ला लिग–२०७७’ को पहिलो राउन्डको खेलमा बनेपा फुटबल क्लबले जितेको थियो । प्रतियोगिताको पहिलो र दोस्रो राउन्डको खेलमा जिल्ला भरिका १४ वटा क्लबले भाग लिएका थिए । पहिलो र दोस्रो चरण गरेर ३० वटा खेल भएको थियो ।
उक्त खेलमामा आकाश भैरव क्लबको क्याप्टेन प्रबिन भण्डारीले एक गोल गरेका थिए भने बनेपा ब्वाइज क्लब ९द्यद्यऋ०को समन श्रेष्ठले एक गोल गरेका थिए । खेलमा म्यान अफ द म्याच विशाल श्रेष्ठ, बेस्ट गोलकिपर सोनम वाईवा, बेस्ट डिफेन्डर विकाश कार्की, बेस्ट मिडफिडर राजेश शाक्य, सबैभन्दा बढी गोल तिर्थ राज राई बेस्ट प्लेयर संसार पलाञ्चोके, बेस्ट स्ट्राइृकर समन श्रेष्ठले पाएका थिए । खेल अब हुने प्रदेश स्तरीय लिगमा काभ्रे जिल्लाको विजेता आकाश भैरव क्लबले भाग लिने जनाएको छ









