2026 April 24/ 12:15: 37am

रोशी/रोशी गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्डको उपाधि हिमालय माध्यमिक विद्यालयले पाएको छ । 
प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको प्रमुख आतिथ्यता भएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रहरी नायब उपरीक्षक हरि खतिवडाको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा रोशी गाउँपालिकाको अध्यक्ष डि.वि लामाको सभाध्यक्षतामा कटुन्जे स्थित रोशी माध्यमिक विद्यालयको प्राङ्गणमा प्रतियोगिता समापन भएको हो । 
कार्यक्रममा स्वागत मन्तव्य राख्दै रोशीको शिक्षा शाखा प्रमुख राम तामाङले ४ ओटा विधा अन्तर्गत १६ वटा गोल्डमेडल, १६ वटा सिल्भर र १६ वटा ब्राउन मेडल गरी जम्मा ४८ वटा मेडलहरु प्रदान गरिएको बताउनुभयो । त्यसमध्ये पनि विद्यालयले प्राप्त गरेका मेडलहरुको गणना गरी उत्कृष्ट हिमालय माविले शिल््ड प्राप्त गर्न सफल भएको बताउनुभयो । कार्यक्रमका सभाध्यक्ष डिवि लामाले खेलको प्रतियोगिता सौहार्दपूर्वक, उत्साहपूर्ण तरिकाले समापन भएको, जित सबैको भएको र आगामी दिनमा जिल्ला स्तरीय र राष्टिय स्तरीय प्रतियोगितमा अगाडि बढ्न शुभकामना दिनुभएको थियो । 
कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले विद्यालयहरु शैक्षिक रुपमा अगडि बढ्दै अतिरिक्त क्रियाकलापमा समेत सहभागी भई जीवन उपयोगी सीपको विकास गराउन मदत गर्ने बताउनु भयो । पोखरेलले स्वस्थ शरीरका निम्ति खेलकूदको पनि उत्तिकै आवश्यकता पर्ने भएको हुँदा विद्यालय स्तरदेखि अभ्यस्त र अनुशासित भएर राष्ट्र र स्वस्थको निम्ति महत्वपूर्ण योगदान रहने बताउनु भयो ।