पनौती/सिद्धार्थ बनस्थली इन्ष्टिच्युटको ३७ औं वार्षिकोत्सव तथा शैक्षिक प्रर्दशनी पनौती नगरपालिका शिक्षा शाखाका महेश्वर जंगमको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । प्रमुख अतिथी जंगमले पनौती नगरपालिका तथा जिल्लाकै पुरानो सार्वजानिक शैक्षिक गुठी मार्फत सञ्चालन भएको उक्त विद्यालय जिल्लामा मात्रै नभई देशकै नमुना भएको बताए । उक्त विद्यालयमा गुणस्तरीय शिक्षा तथा ब्यबहारिक शिक्षा प्रदान गरी नमुनाको रुपमा रहेको बताए । विद्यालयबाट अन्य सामुदायीक तथा सस्थागत विद्यालयले धेरै कुरा सिक्न बाँकी रहेकाले पढाईको अलावा विभिन्न अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट रहेको जंगमले बताए । कार्यक्रममा विद्यालयका प्रिन्सिपल रेश्मा थापाले स्वागत तथा विद्यालको वार्षिक प्रतिबेदन प्रस्तुत गरेकी थिईन् ।
३७ वर्ष अघि निकै कठिन समयमा विद्यालयको स्थापना भएको र उक्त विद्यालयको आफै २०५९ सालको पाँचौ एस एल सी ब्याजको विद्यार्थी भई हाल सोही विद्यालयको प्रिन्सिपल भएकोमा गर्व लागेको बताईन् । आफुलाई अभिभावक तथा विद्यालयले दिएको अभिभारा पुरा गर्ने प्रतिबद्धता ब्यक्त गर्दै थापाले उक्त विद्यालय बाट पास आउट भई विभिन्न विधामा कार्यरत पुर्व विद्यार्थीहरुले समेत विद्यालयलाई उक्त स्थानमा ल्याउन सहयोग गरेकोमा धन्यबाद दिएकी थिईन् । शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्धले नै सफल हुने र कुनै एक पक्ष कमजोर भयो भने हामीले देखेको सुन्दर पक्ष साकार हुन नसक्ने थापाले बताईन् ।
२०७५ साल देखी विद्यालयको सञ्चालन क्याप्टेन रामेश्वर थापाले नेतृत्व गरेको र ब्यबस्थापनको अध्यक्षमा शिक्षा सेवी अग्रज केशव थापा रहेको बताईन् । विद्यार्थीहरुको सर्वाङ्गीण विकासको लागी कुनै पनि कसर बाँकी नराखी समय सापेक्ष पढाई लेखाई साथ साथै जिवन उपयोगी ज्ञान विकासको लागी अतिरिक्त कक्षाहरु, हस्तकला, चित्रकला, नृत्य, संगित, खेलका अभ्यासहरु गराउदै आएको र आगामी दिनमा समेत निरन्तरता दिने थापाले बताईन् । नर्सरी देखी कक्षा १२ सम्म ६ सय भन्दा बढी विद्यार्थीहरुले अध्यापन गर्दे आएको समेत प्रिन्सिपल थापाले बताईन् ।
कार्यक्रममा शिक्षा सेवी राम प्रसाद अधिकारी, पुर्व विद्यार्थी रुपा थापा, मेदान्त एकेडेमीका निर्देशक दिपक बास्कोटा लगाएतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा विद्यार्थीहरुले कक्षामा पढेका कुरालाई ब्यबहारमा उतारी विभिन्न विषयको शैक्षिक प्रर्दशनी गरेका थिए भने सास्कृतिक कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रममा विद्यालयका सह प्रिन्सिपल विमल कार्की, प्राज्ञिक संयोजक तथा सुचना अधिकारी प्रवीण दाहाल, प्लस टु संयोज राजकुमार खुलाल, विभिन्न सघं सस्थाका प्रतिनिधिहरु, अभिभावकहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा गुठियार केशब थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।





