बनेपा/बागलुङ्ग जिल्ला तेक्वान्दो आई.टि.एफ संघको आयोजनामा बैशाख ७ र ८ गते हुने प्रथम आइ.टि.एफ मेयर कप राष्ट्रिय प्रोफेसनल च्याम्पियनसिप प्रतियोगितामा बागमती प्रदेश आइ.टि.एफ तेक्वान्दोबाट छनौट भएका खेलाडीहरु सहभागिताका लागि बागलुङ्ग पुगेका छन् । खेलाडीहरुलाई बनेपामा रहेको राधाकृष्ण बचत तथा ऋण सहकारी संस्थाले खेलाडीहरुलाई बधाईका साथै शुभकामनाका साथ विदाई गरेको छ ।
खेलाडीहरु रिक्सन वाइवा तामाङ, मनिष भैल, रिया श्रेष्ठ, रजनी रेग्मी प्रतियोगितामा सहभागी भएका छन् । खेलाडीहरुका साथमा बागमती प्रदेश आइ.टि.एफ तेक्वान्दोका अध्यक्ष किशोर बरुण श्रेष्ठ प्रतियोगिता डाईरेक्टरका रुपमा सहभागि छन् भने उपाध्यक्ष राजमन्दिर श्रेष्ठ प्रमुख रेफ्रीका रुपमा सहभागि भएका छन् । प्रदेश सदस्य नरेशराज कायश्थ, काभ्रे तेक्वान्दो एकेडेमी कोषाध्यक्ष मधुसुदन बाँनिया सहभागि भएका छन् ।









