2026 April 27/ 11:25: 44pm

बनेपा/बनेपा ७ मा रहेको प्रिमियर बचत तथा ऋण सहकारी संस्था लिमिटेड र भक्तेश्वर बहुउदेश्यीय सहकारी संस्था बीचको एकिरणका लागि संयुक्त सभा सम्पन्न भएको छ । 
    सहकारी अभियान्ता एवं संस्थाका प्रमुख सल्लाहकार साधुराम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रिमियर सहकारीका अध्यक्ष पूर्णलाल रञ्जितकारको सभापत्तिव रहेको थियो । सभामा दुबै संस्थाका संचालक सदस्य, लेखा समिति सदस्य, शेयर सदस्यहरु तथा विभिन्न उप समितिका पदाधिकारीहरु सहभागि थिए । सभाले दुबै संस्थाको एकिकरण पश्चात प्रिमियर बचत तथा ऋण सहकारी संस्थाका नाममा पुर्णलाल रञ्जितकारको अध्यक्षतामा ९ सदस्यीय संचालक समिति गठन गर्ने निर्णय गरेको थियो । त्यस्तै लेखा तथा सुपरिवेक्षण समिति अनुप धितालको संयोजकत्वमा ३ सदस्य गठन भएको छ । सभाले भक्तेश्वर सहकारीको सम्पूर्ण दायित्व एवं सम्पति प्रिमियर साकोसमा एकिकृत गर्ने निर्णय गरेको छ । साथै संस्थाको मौजुदा विनियम पुनः लेखन गर्ने निर्णय गरेको छ ।