2026 April 27/ 11:19: 10pm

    धुलिखेल/रोजगार प्रबद्र्धन कार्यक्रम अन्र्तगत सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका बारेमा जिल्लाका संचारकर्मीहरुसँग अन्तक्र्रिया गरिएको छ । 
    सामी कार्यक्रमले जिल्लाका चारवटा पालिकामा गरिरहेका कृयाकलाप तथा आगामी योजनाका बारेमा जानकारी गराईएको थियो । चालु वर्षको असार मसान्तबाट उक्त कार्यक्रम सकिँदै छ । स्थानीय तहहरुले बजेट विनियोजन गरी थप कार्यक्रम अगाडी बढाउन सामी कार्यक्रमले अनुरोध गरेको छ । धुलिखेल, मण्डनदेउपुर, रोशी र भुम्लु गाउँपालिकामा यो कार्यक्रम लागु भएको थियो । सोहि कार्यक्रमका बारेमा सामी कार्यक्रम संयोजक एवं सिविक फोरमका प्रमुख कार्यकारी अधिकृत बसन्त कुँवरले समग्र कार्यक्रमका बारेमा जानकारी गराएका थिए । आप्रवासन कार्यक्रम अन्र्तगत सूचना परामर्श सेवा, वित्तिय साक्षरता कार्यक्रम, मनोपरापर्श, रिटर्नी स्वयम सेवक परिचालन लगायतका कार्यक्रमहरुको प्रभावकारीता र आवश्यकताका बारेमा संचारकर्मीहरुसँग अन्र्तक्रिया गरिएको थियो । 
    कार्यक्रममा संचारकर्मीहरुले उक्त कार्यक्रमको थप प्रभावकारीताका बारेमा सबै पालिकामा लैजानु पर्ने र बैदेशिक रोजगारीमा जान इच्छुक ब्यक्तिहरुलाई सहि सूचना र परामर्श सहित सिप उपलब्ध गराउन सुझाव दिएका थिए ।