धुलिखेल/पर्यटकिय नगरी धुलिखेलमा बर्षाै देखि साँस्कृतिक रुपमा नेवारी सभ्यता र बैद्धिक बिधीद्वारा हरेक दुई÷दूई बर्षमा आयोजना गरिदै आएको बेल विवाह यो वर्ष बैशाख २७ र २८ गते हुने् भएको छ ।
इहि पुजा अर्थात बेल बिबाहका लागि आवश्यक तयारी शुरु गरिएको छ । हरिकृष्ण प्रतिस्ठान धुलिखेलको आयोजनामा हुने बेल विवाहका लागि इच्छकु ब्यक्तिहरुले छोरीहरुको नाम दर्ता गर्न प्रतिष्ठानले अनुरोध गरेको छ । बेल बिबाह २०८१ बैसाख २७ र २८ गते बिहान ९ देखि ४ बजे सम्म धुलिखेल नगरपालिकाको सब्जी भण्डार, नबिल बैकक भएको घरमा हुनेछ । उक्त बेल विवाहका लागि इच्छुक ब्यक्तिहरुले ९८४३५६७४८१, ९८२६५२८११९ जयकृष्ण न्हसिजु, ९८६०९५५७७३ पवन माकजुलाई सम्पर्क गर्न सकिने छ ।









