2026 April 27/ 11:26: 11pm

    श्रीखण्डपुर/धुलिखेल नगरपालिकाको पुरानो बजार श्रीखण्डपुर वडा नम्वर ५ मा सदियौ देखि संचालन हुँदै आएको विस्केट जात्रा यो वर्ष पनि भब्य रुपमा सम्पन्न भएको छ । ऐतिहासिक रुपमा जात्रा सकिएको वडा अध्यक्ष प्रमोद सुन्दर श्रेष्ठले बताए । 
    श्रीखण्डपुर चाडपर्व जात्रा ब्यवस्थापन समितिले विस्केट जात्रा ब्यवस्थापन गरेको थियो । त्यस्तै श्रीखण्डपुरको अलावा धुलिखेल र साँगामा पनि विस्केट जात्रा भब्य रुपमा सकिएको छ । श्रीखण्डपुरमा जात्रा सम्पन्न गर्न चाडपर्व जात्रा ब्यवस्थापन समितिका अध्यक्ष हरिगोपाल प्रधानाङ्ग, वडा अध्यक्ष प्रमोदसुन्दर श्रेष्ठ, पुर्व वडा अध्यक्ष पूर्णबहादुर कर्माचार्य, वडा सदस्यहरु भुवन श्रेष्ठ, सजना खड्गी, पुजारी देव विलास गुभाजु, चेतलाल सेवाचार्य लगायतका स्थानीयहरुको भेलाले जात्रा ब्यवस्थित रुपले संचालन गर्ने निर्णय गरेको थियो । सोहि निर्णय अनुसार जात्राका लागि आवश्यक पर्ने लिङ्गो ल्याउने, लिङ्गो ठड्याउने तथा रथ तयार गर्ने तथा त्यसलाई ब्यवस्थित रुपले संचालन गर्न गरिएको वडा अध्यक्ष प्रमोद सुन्दर श्रेष्ठले जानकारी दिए ।