पाँचखाल/नेकपा एमालेका पोलिटव्युरो सदस्य माननिय गोकुल बास्कोटाले पाँचखालमा आयोजित एक कार्यक्रममा एमालेले मात्र मानवअधिकारको रक्षा र प्रवद्र्धन गर्न सक्ने कुरा बताउनु भएको छ । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपालको पाँचखाल नगर भेलालाई सम्वोधन गर्दै नेता बाँस्कोटाले संयुक्त राष्ट्रसंघको स्थापना पूर्व नै कार्ल माक्र्सले श्रमजीवीहरुको हकअधिकारका विषयमा बोल्नु भएको उल्लेख गर्नुभयो । उहाँले मानवअधिकार एलाइन्समा संगठित भएर मानवअधिकार रक्षा, शिक्षा र सचेतनामा अग्रसर हुन मानव अधिकारकर्मीहरुलाई अनुरोध गर्नुभयो ।
मानव अधिकारकर्मी भोजराज तिमल्सिनाले मानवअधिकारका विषयमा जानकारी राख्दै पाँचखालमा नागरिक, राजनीतिक, महिला र बालअधिकार उल्लंघनको अवस्थाका विषयमा जानकारी दिनुभएको थियो । उहाँले यसवर्ष मात्र पाँचखालमा बलात्कारका १४ घटनामा १६ जना पीडित भएको उल्लेख गर्दै हजुरबुबा, बाबु र शिक्षकबाट बालिकाहरुलाई यौन दुव्र्यवहार भएका घटना उल्लेख गर्दै सचेतनाका कार्यक्रम संचालन गर्न आग्रह गर्नुभयो । नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य कञ्चन अधिकारी, पाँचखाल नगरपालिका उपप्रमुख सूर्यमाया दनुवार, नेकपा एमाले काभ्रेका सहइन्चार्ज नवराज ढकाल, जिल्ला समन्वय समितिकी पूर्व उपप्रमुख मञ्जु गौतम, मानवअधिकार एलाइन्सका बागमती प्रदेश सचिव हरिबोल आचार्य, गैसस महासंघ काभ्रेकी अध्यक्ष गंगा दोङ र महिला अधिकारकर्मी मैना दनुवार लगायतले आ–आफ्नो भनाई राख्नु भएको थियो ।
भेलाले शारदा पौडेलको अध्यक्षतामा १५ सदस्यीय मानवअधिकार एलाइन्स पाँचखाल नगर कमिटीको चयन गरेको छ । कमिटिको उपाध्यक्षमा नमराज बजगाई र उरुसा दनुवार, सचिवमा कमला दनुवार, कोषाध्यक्षमा अम्बिका गौतम र सदस्यहरुमा क्रमशः नारायण दनुवार, रमेश दनुवार, पार्वती न्यौपाने, कमला चौंलागाई, सुन्तली तामाङ, सलिना दनुवार, रन्जना दनुवार, गणेशप्रसाद ढकाल, विमला रम्तेल र सितल स्याङतान शिवभक्ति रहनु भएको छ । भेला मानवअधिकार एलाइन्सका जिल्ला अध्यक्ष यज्ञराज पाण्डेको अध्यक्षतामा भएको थियो ।









