बनेपा/नेकपा एमाले निकट अखिल नेपाल महिला संघ बनेपा नगर ९ नम्बर वडा कमिटीको दोस्रो अधिबेशन सम्पन्न भएको छ ।
अधिबेशनको उद्घाटन अखिल नेपाल महिल सघंका जिल्ला अध्यक्ष तथा बनेपा नगरपालिका उप प्रमुख बिमला सापकोटाले गरेकी थिईन् । सापकोटाले नगरमा किसानले उत्पादन गरेका तरकारी लगाएत विभिन्न सामाग्री विक्री वितरणका लागी हाट बजार शुरु गरेको बताईन् । किसानहरुले उत्पादनको मुल्य पाउनका लागी उक्त हाट बजार शुरु गरिएको र त्यसको सदुपयोग गर्न आग्रह गरेकी थिईन् । कार्यक्रममा अनेमसंघ बनेपा नगर कमिटी अध्यक्ष समिता थापा, किसान महासंघ बनेपा नगर कमिटी अध्यक्ष रेवती दाहाल लगाएतले शुभकामनमा मन्तब्य राखेका थिए । कार्यक्रम नेकपा एमाले बनेपा ९ नम्बर वडा कमिटीका अध्यक्ष बिक्रम प्रजापतिको सभापतित्वमा सम्पन्न भएको थियो ।
अधिबेशनको बन्द सत्रबाट अखिल नेपाल किसान महासंघमा कान्छा आले मगरको अध्यक्षतामा ११ सदस्य वडा कमिटी गठन भएको छ । उपाध्यक्षमा रुद्र प्रसाद दाहाल, सचिब राम प्रजापति उपसचिब सुस्मिता न्यौपाने, रामशरण थापा, सदस्यहरुमा शारदा आलेमगर, कृष्ण प्रसाद सुवेदी, पिताम्बर तिमल्सिना र हरि पराजुली रहेका छन् । त्यसै गरी अखिल नेपाल महिला संघमा शर्मिला डंगोलको अध्यक्षतामा ११ सदस्य वडा कमिटी निर्वाचित भएको छ । उपाध्यक्ष ईश्वरी आले मगर, सचिब नानिमैया तिमल्सिना, सदस्यहरुमा रश्मिता आलेमगर, दिप्य कुमारी दाहाल, पुजना प्रजापति, लक्ष्मी डंगोल,मैया अवाले, शुसिला न्यौपाने र सरस्वती सापकोटा रहेका छन्
त्यसैगरी नेकपा एमाले बनेपा नगर ७ नम्बर वडा कमिटीको दोस्रो वडा अधिवेशन नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । अधिबेशनबाट अध्यक्षमा अनिल कुमार भैलको अध्यक्षतामा नयाँ कमिटी चयन भएको छ । कमिटीको उपाध्यक्षमा पुजा हुमागाई, सचिव भोला मुस्याजु, उपसचिब ईन्द्रमणि सापकोटा र तारा वाईवा लगाएत निर्वाचित भएका छन् । अधिबेशनमा नेकपा एमाले वागमती प्रदेश कमिटी सदस्य कुमार तिमल्सिना, हरिशरण दाहाल, जिल्ला कमिटी सचिब राजन भुर्तेल, नगर अध्यक्ष रत्नकुश रञ्जीत लगाएतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रम वडा कमिटी अध्यक्ष बर्ण शाक्यको सभापतित्वमा सम्पन्न भएको थियो ।
त्यसैगरी नेकपा एमाले बनेपा नगरपालिका वडा नम्वर १२ को वडा कमिटीको वडा अधिवेशनले बुद्धिनाथ शर्मा वाग्लको अध्यक्षतामा नयाँ कमिटी चयन गरेको छ । कमिटिको उपाध्यक्षमा जयराम लामा, सचिब राम कृष्ण कुवँर, उप–सचिब कल्पना कुवँर र शुशिला राउत लगाएत निर्वाचित भएका छन् । कार्यक्रम वडा कमिटी अध्यक्ष रामबहादुर कुँवरको सभापतित्वमा सम्पन्न भएको थियो ।









