2026 April 27/ 11:23: 08pm

दोलालघाट/‘प्राकृतिक, सांस्कृतिक, कृषि र ब्यापार–दोलालघाट पर्यटन प्रर्वद्धन विकासको आधार’ भन्ने मुल नारा सहित आज विहिबारबाट चौथो दोलालघाट महोत्सव हुने भएको छ । महोत्सवको उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङले गर्नेछन् । 
    भुम्लु गाउँपालिकामा पर्ने दोलालघाट क्षेत्रको विकासमा थप टेवा पु¥याउन स्थानीय, प्रदेश र संघ सरकारको ध्यानाकर्षण समेत गराउने उदेश्यले महोत्सव आयोजना गरिएको मुल समारोह समितिका संयोजक एवं दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लवका अध्यक्ष अष्टबहादुर श्रेष्ठले बताए । दोलालघाटमा कृयाशिल रहेका संघ संस्थाहरु दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लव, दोलालघाट उद्योग बाणिज्य संघ, समृद्ध दोलालघाट टोल विकास समिति, दोलालघाट वनदेउ विकास तथा सुधार समितिले आयोजना गरेको दोलालघाट महोत्सवमा विविध सांस्कृतिक कार्यक्रम, सूनकोशी तथा इन्द्रावतीका लोकल माछाका परिकारहरु उपलब्ध हुनेछन् । 
    त्यस्तै ढुङ्गे सेकुवाका परिकारहरु, काठे डुंगा संचालन, बाल उद्यान रमाईलो मेला (रोटेपिङ्ग, कोलम्वस, हात्तिघोडा, ड्रागन रेल, मिकिमाउस, फिरफिरे रेफ, जम्पिङ), स्थानीय परिकार सहितका चमेना गृह, ¥याफटिङ्ग (बोटिङ्ग), स्वास्थ्य शिविर, धार्मिक स्थलहरुको प्रचार प्रसार, कृषि प्रर्दशनीका स्टलहरु रहनेछन् । साथमा नयाँ वर्ष विशेष कार्यक्रम, निर्माणाधिन बुद्धपार्क तथा भ्यू टावरको अवलोकन, भुम्लु गाउँपालिका भित्र रहेका पर्यटकीय स्थलहरुको प्रचारप्रसार, टिकटक जोन र विच भलिबल लगायतका कार्यक्रमहरु हुनेछन् । महोत्सव बैशाख ३ गते समापन हुनेछ । बैशाख १ गते पुर्व मन्त्री एवं सोहि निर्वाचन क्षेत्रका सांसद गोकुलप्रसाद बास्कोटा अतिथी रहनेछन् । नयाँ वर्षका दिन विशेष कार्यक्रमहरु आयोजना गरिएको छ । अघिल्लो दिन साँझ लाईभ म्युजिक प्रर्दशन आयोजना गरिएको छ । साथै महोत्सवमा नृत्य प्रतियोगिता पनि राखिएको छ । सांस्कृतिक कार्यक्रममा सरोज लामिछाने, नवराज घोरसाईने, भोजराज काफ्ले, दुर्गस थापा, रमेश प्रसाई, विश्व दोङ, उर्गेन दोङ, कल्पना दाहाल, टिका प्रसाई, अभिषेक लामा, साहिमा श्रेष्ठ, विनोद लामा, मञ्जु गौतम, सरु गौतम, राजेश ढकाल लगायत दर्जनौ कलाकाहरुको प्रस्तुती रहनेछ ।