बनेपा/युवा सघं नेपाल बनेपा नगर कमिटीको पाँचौ नगर अधिबेशन पूर्व सञ्चार मन्त्री तथा प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सांसद गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
अधिबेशनको बन्द सत्रले सविन घिमिरेको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको छ । प्रमुख अतिथी बास्कोटाले युवाहरुले नेपालमा नै बसेर रोजगार गर्न सक्ने बाताबरण बनाउनु पर्ने बताए । हाम्रो देशको शिक्षा नीति बदल्नु पर्ने हो वा युवाको मनस्थिती बदल्नु पर्ने हो बाँस्कोटाले प्रश्न गरेका थिए । पुराना राजनीतिक दलहरु प्रति अहिले केहि नयाँ पार्टीमा गएका युवाहरुले भ्रम फैलाएकोमा उक्त भ्रमलाई चिर्दै युवा अगाडी बढ्नु पर्ने बास्कोटाले वताए । विदेश नै गए पनि सिप सिकरे मात्र जान र बाहिर सिप सिके पछि नेपाल फर्किन युवाहरुलाई बाँसकोटाले आग्रह गरे ।
कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्यहरु, जिल्ला कमिटी काभ्रेका अध्यक्ष अशोक ब्याञ्जु, सचिव राजन भुर्तेल, पूर्व सचिव रिता ढकाल, युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष अमित लामा, काभ्रे ईन्चार्ज होमप्रसाद चौलागाई, जिल्ला अध्यक्ष ईश्वर बल्धब सापकोटा, अखिल नेपाल महिला सघं जिल्ला अध्यक्ष तथा बनेपा नगरपालिका उप प्रमुख विमला सापकोटा, नेकपा एमाले बनेपा नगर कमिटी अध्यक्ष रत्नकुश रञ्जितकार लगायतले मन्तब्य राखेका थिए । युवा सघं नगर कमिटीले बनेपा नगरमा मोटरसाईकल ¥याली आयोजना गरेको थियो ।
कार्यक्रम सचिब सविन घिमिरेले सञ्चालन गरेका थिए भने सभापतित्व आयोजक कमिटिका अध्यक्ष मिलन थापाले गरेका थिए ।









