पनौती/अखिल नेपाल महिला संघ पनौती नगर कमिटीको पाँचौ अधिबेशन सम्पन्न भएको छ । स्थायी कमिटी सदस्य रिता ढकालको अध्यक्षतामा शुरु भएको बन्द सत्रले शिला कोईरालाको अध्यक्षतामा ३५ सदस्यीय नगर कमिटी सर्वसम्वतीले चयन गरेको छ ।
कमिटीको उपाध्यक्षमा श्रद्धा थापा, सचिव चन्डेश्वरी मुनाकर्मी ताम्राकार, सह सचिव गिता सापकोटा, कोषाध्यक्ष सुमित्रा आचार्य रहेका छन् । त्यस्तै सदस्यहरुमा एलिसा तामाङ, देवकी दुलाल सापकोटा, दुर्गा देवी तामाङ, नविना सापकोटा, सविना नेपाली, गंगा श्रेष्ठ, मिना थापा, सकुन्तला श्रेष्ठ, सरस्वती बोगटी, सुनिता मंग्रान्ती, रिता खुलाल, राज्यलक्ष्मी प्रजापति, इन्दिरा नापित, सम्झना श्रेष्ठ, रेणुका थापा, सिर्जना दवाडी, सानुमैया ठकुरी, सिर्जना तिमल्सिना, भवानी विक, संगिता तामाङ, रिता तामाङ, सुमित्रा थापा, शुशिला हुमागाई लगायत छन् ।
अधिबेशनमा नेकपा एमालेका केन्द्रिय कमिटी सदस्य तथा पुर्व राज्य मन्त्री रेशम लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटी सचिव राजन भुर्तेल, उप सचिव राजकुमार सापकोटा, अनेमसंघ जिल्ला कमिटी अध्यक्ष विमला सापकोटा, एमाले जिल्ला कमिटी सचिवालय सदस्य शान्ता न्यौपाने, पनौती नगर कमिटी अध्यक्ष सुरेश हुमागाई, अनेमसंघ पनौती नगर कमिटी निवर्तमान अध्यक्ष शोभा राजभण्डारी, मुना कर्माचार्य लगायतको सहभागिता रहेको थियो ।









