काभ्रे/रोटरीक्लब अफ धुलिखेलको संयोजकत्वमा १० दिने बृहत निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
काभ्रेपलाञ्चोक, सिन्धुली, उदयपुर, सुनसरी र झापा जिल्लाको विभिन्न स्वास्थ्य संस्था र विद्यालयहरूमा ४ हजार २ सय बयस्क र ६ सय ५ बालबालिकाको निःशुल्क आँखा जाँच गरिएको जनाएको छ । आँखाको दृष्टि दोष भएका बिरामीहरुलाई २ हजार ४ सय २० चस्मा वितरण गरिएको थियो । जेष्ठ नागरिक, शिक्षक र सुरक्षाकर्र्मीहरूलाई सूर्यको पराबैजनीकिरण ९ग्तिचब(खष्यभित चबथक० बाट आँखा बचाउनको कालो चस्मा समेत वितरण गरिएको ेटरीयन अशोक श्रेष्ठले बताए । आँखा शिविरमा २४८ जना जेष्ठ नागरिकहरूको लागि नजिकको आँखा अस्पतालमा मोती बिन्दुको निःशुल्क शल्यक्रियाको लागि पठाइएको थियो । बृहत आँखा शिविरका लागि अस्ट्रेलियाका रोटरी क्लबबाट आर्थिक तथा प्राविधिक सहयोग प्रदान गरिएको थियो । निःशुल्क बृहत आँखा शिविरको लागि अस्ट्रेलियाको रोटरी वल्र्ड अष्ट्रेलिया कम्युनिटी सर्भिस, रोटरी क्लबउन्ले, रोटरीक्लब अफ डवो साउथ रोटरी क्लब एर्डवास्टान, रोटरी क्लब अफ बेलभोईर ओडन्गा, रोटरी क्लब अफ मेक्लेरियन भेल र फ्लिन्डर्स विश्वविद्यालयको सहयोग रहेको श्रेष्ठले बताए । नेपालको तर्फबाट रोटरी क्लब धुलिखेल, रोटरीक्लब अफ धरान रोटरी क्लब, दमक रोटरी क्लबभद्रपुर, रेयुकाई ईको मासुनागा आँखा अस्पताल र सुर्यआई केयर सेन्टर धरान, मेची नेत्रालय, मेची आँखा अस्पताल तथा किवानिज क्लब अफ काभ्रे नेपालको प्राविधिक सहयोग रहेको थियो ।
यसैगरी स्थानीय सरकारको तर्फबाट नमोबुद्ध नगरपालिका वडा नम्बर २, रोटरी सामुदायिक संघ पिपलचौर, गोलन्जर गाउँपालिका वडा नम्बर ५ खनियाखर्क, कमलामाई नगरपालिका वडा नम्बर ६, सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्युट दुधौलीनगर अस्पताल सिर्थौली, कटारी नगरपालिका वडा नम्बर ६ र ७, धरान उप महानगरपालिका वडा नम्बर २०, विष्णुपादुका,दमक नगरपालिका वडा नम्बर ४ ताराबारी, भद्रपुर नगरपालिका वडा न २ भानु आधारभुत विद्यालय लगाएतले शिविर सञ्चालन र शिविर व्यवस्थापनमा सहयोग गरेको थियो । रोटरी क्लब अफ धुलिखेलका दृष्टि बचाउ अभियानका संयोजक रोटरियन अशोक श्रेष्ठले उक्त शिविर अन्तर्राष्ट्रिय स्तरको आँखा शिविर सञ्चालन गर्न सहयोग पु¥याउनु हुने नेपाल सरकारको स्वास्थ्यमन्त्रालय, श्रम विभाग, स्थानीय सरकार, रोटरी क्लबहरू अस्ट्रेलिया तथा नेपालका दृष्टि विज्ञहरुलाई १० दिने आँखा शिविर सञ्चालनमा गरेकोमा धन्यबाद प्रदान गरेका थिए ।









