2026 April 27/ 10:53: 13pm

श्रीखण्डपुर/विन्ध्यबासिनी आध्यात्मिक प्रतिष्ठान, श्रीमद् भागवत नवाह ज्ञान महायज्ञ मूल आयोजक समितिले श्रीखण्डपुरमा रहेको विन्ध्यबासिनी मन्दिरमा चैत्र २७ देखि २०८१ बैशाख ५ गतेसम्म श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ आयोजना गरेको छ । 
    श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ मुल आयोजक समितिका अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाले महायज्ञ सम्पन्न गरेर बचेको यज्ञशेषबाट विन्ध्यबासिनी मन्दिर पूजा आरती तथा श्री महर्षि मुद्गल सान्दिपनी गूरुकुलम संचालन गर्दा भएको खर्च मिलान गर्ने र विन्ध्यबासिनी गुरुकुल संचालनसँगै जेष्ठ नागरिक पार्क, महाँकाली तथा छलेश्वर सिँढीमार्ग निर्माण गरिनेछ । हरेक वर्ष प्रतिष्ठानले श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ आयोजना गर्ने स्वामी निशेषानन्द महाराजजीले बताए । श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञमा शास्त्री दामोदर उपाध्यायले बाचन गर्नेछन भने पण्डित दीपक शर्मा दाहालले उपबाचकका रुपमा सहयोग गर्नेछन् । 
    संस्थाको माध्यमबाट बैदिक सनातन धर्म संस्कृतिको रक्षा, आध्यात्मिक जागरण एवं संस्कृत शिक्षाको प्रचारका साथै विश्वशान्ति, मानव कल्याण एवं धार्मिक, आध्यात्मिक चेतनाको विकास गरी समाजलाई नैतिक एवं अनुशाशित बनाउनु ज्ञानमहायज्ञको उदेश्य रहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । उक्त कार्यक्रमका बारेमा जानकारी दिन आयोजित सम्मेलनमा स्वामी निशेषानन्द महाराजजी, आयोजक समितिका अध्यक्ष कृष्णप्रसाद तिमल्सिना, उपाध्यक्ष प्रदिप थापा, सल्लाहकार उद्धव तिमल्सिना, सचिव रामप्रसाद तिमल्सिना, संचालक समितिहरु, आजिवन सदस्यहरु, विभिन्न उप समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।