बनेपा/पतंजलि योग साधना केन्द्रबाट भारतको हरिद्वारमा चैत्र १७ गते देखी २३ गतेसम्म स्वामी रामदेव तथा आचार्य बालकृष्ण महाराजको सानिध्यमा हुने महिलाहरुको तालिममा भाग लिन पतंजलि योग समिति महिला काभ्रेका अध्यक्ष अनु श्रेष्ठको नेतृत्वमा ३० सदस्यीय महिलाहरुको समुह हरिद्वार प्रस्थान भएको छ । उक्त टोलीलाई बागमती प्रदेश प्रमुख ग्रोबेन तौजले, सल्लाहकार सरिता शाक्य, सदस्य दमन कुमार श्रेष्ठ, जिल्ला अध्यक्ष हरिशरण श्रेष्ठ, उपाध्यक्ष प्रकाश कायष्ठ, महामन्त्री कोहन कृष्ण श्रेष्ठ, कोषाध्यक्ष कान्छा कुमार श्रेष्ठ, सल्लाहकार अंजना श्रेष्ठले सगुन, माला, खादा ओढाई विदाई गर्नु भएको थियो । उक्त टोलीमा काभ्रे जिल्लाबाट १९ जना र भक्तपुरबाट ११ जना गरी ३० जना टोली रहेको छ ।









