2026 April 27/ 09:29: 57pm

चौकोट/लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औं स्थापना दिवस विभिन्न कार्यक्रम सहित सम्पन्न भएको छ ।
    पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वागमती प्रदेश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उद्धव सापकोटा, जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्मा, जिल्ला बचत संघ काभ्रेका सह–सचिव विकास वादे, पनौती नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष विनोद खत्री, सुब्बा गाउँ स्वास्थ्य चौकी चौकोटका प्रमुख विनोद कुँइकेल, प्रेस चौतारी काभ्रेका पुर्व अध्यक्ष दयाराम महत लगायतको उपस्थिती रहेको थियो । स्थापना दिवस संस्थाका अध्यक्ष मैया महतको अध्यक्षतामा सम्पन्न भएको हो । स्थापना दिवसको अवसर पारेर संस्थापक सदस्य सम्मान, एसईई सम्मान, उत्कृष्ट बाल सम्मान गरिएको छ ।