2026 April 27/ 09:29: 58pm

पनौती/पनौती नगरपालिका वडा नम्बर ३ कुशादेवीमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गरिएको छ । 
यूजीसीबाट क्यूएए प्रमाणपत्र प्राप्त तेजगङ्गा बहुमुखी क्याम्पसको आयोजना तथा पनौती नगरपालिका वडा नम्बर ३ र ज्योति मिर्मिरे सामुहिक साकोसको  सहकार्यमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पनौती नगरपालिकाका पुर्व नगरप्रमुख भीम न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । पाटन मानसिक अस्पतालका डाइरेक्टर बरिस्ठ मनोरोग विशेषज्ञ डा.अनन्त अधिकारी तथा मनोपरामर्शकर्ता सीता भण्डारी द्वारा प्रशिक्षित उक्त कार्यक्रममा क्याम्पस प्रमुख डा. अम्बुभवानी कार्कीको सभापतित्व रहेको थियो । कार्यक्रममा नम्बर ४ का वडा अध्यक्ष दीपक दाहाल, कुशादेवी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख  शसी बोलखे, प्रध्यापक निलम शर्मा,  तेजगंगा बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख भीमसेन केसी, प्रध्यापक मुक्ति नारायण काफ्ले, को–अडिनेटर चन्द्रमणी काफ्ले, भवनाथ वाग्ले,वडा नम्बर ३ का कार्यवाहक वडा अध्यक्ष गणेश घिमिरे लगायतले मानसिक स्वास्थ्य सम्बन्धी भनाई राखेका थिए ।
कार्यक्रममा क्याम्पस प्रमुख डाक्टर कार्किले समाजिक रूपमा रहेको विभिन्न समस्याहरुका बारेमा सचेतना जगाउने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको बताइन । कलेजले यस अगाडी जलवायु परिर्वतन सम्बन्धी गोष्ठिको आयोजना गरिएको र विभिन्न सामाजिक कार्यहरु गर्दे आएको कार्कीले वताईन् । सचेतना कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर १, २ र ३ का स्वास्थय स्वयंसेविकाहरु, विद्यार्थी, मनोरोगी सामाजिक ब्यक्तित्वहरु, स्वास्थ्यकर्मी लगाएत १०० जना भन्दा बढीको सहभागीता रहेको थियो । कार्यक्रममा ज्योति मिर्मिरे सामुहिक साकोसका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन साकोस का कुशादेवी सेवाकेन्द्र संयोजक दिपेश घिमिरेले गरेका थिए ।