बनेपा/ॐ अच्यूतानन्द ज्योतिष बैद्यराज राजु पोखरेलको दोश्रो भजन दुर्गा प्रसारणमा आएको छ । युटुवमा अच्यूतानन्द च्यानलबाट सार्वजनिक गरिएको दुर्गा भजन जय श्री कालीका नामबाट सार्वजनिक गरिएको छ ।
भजन सार्वजनिक भएको केहि घण्टामा नै हजारौ दर्शकहरुले हेरेको, सुनेको दुर्गा भजनमा शब्द, स्वर स्वंय ॐ अच्युतानन्दको रहेको छ । ७ वर्ष अघि उनले जय काली नामक भजन बजारमा ल्याएका थिए । त्यतिबेला ४ मिनेट २७ सेकेन्डको भजन अहिले ८ मिनेट ५० सेकेन्ड लामो छ । दुर्गा नामक भजनमा नेपालका विभिन्न मठ मन्दिरहरुमा गरिने दुर्गाको पुजा र आराधनाका बारेमा ब्याख्या गरिएको छ । भजनमा माता दुर्गाको बिराट सत्ता समाहित भएको छ । ‘दुर्गाको विराट सत्ता समाहित भएको बजन श्रवण गरिँदा सम्पुर्ण दुखः नाश भई परमानन्दको स्थिति प्राप्त हुने छ’– ॐ अच्यूतानन्दले भने–‘दोश्रो पटक आफ्नै प्रयासमा बजारमा ल्याईएको दुर्गा नामक भजनले दुर्गा माताको स्वत कृपा श्रवण र दर्शनबाट मिल्नेछ ।’ भक्तजनहरुलाई भजन सुनेर सल्लाह सुझाव सहितको प्रतिकृया ब्यक्त गर्न अनुरोध गरिएको छ । भजन तयार गर्न विभिन्न क्षेत्रबाट सहयोग गर्ने सम्पूर्णमा ॐ अच्यूतानन्दले धन्यवाद सहितको आभार प्रकट गरेका छन् । भजन तयार गर्न सहयोग गर्ने वालकृष्ण सेवाचार्य लगायत उहांँको धर्मपत्नि भावना थापा र सन्तती तथा सम्पुर्ण जयकालि परिवारमा माता दुर्गाको कृपाको कामना गरेका छन् ।
अच्यूतानन्द काभ्रेबाट प्रकाशित हुने प्रदेश स्तरको क श्रेणीको साप्ताहिक चेष्टाका नियमित स्तम्भकार हुन भने मदानी विट डट कमका पनि स्तम्भकार हुन् । दशकौ देखि उनी संचारमाध्यम मार्फत पाठक र श्रोताहरुलाई सामाजिक जागरणको अभियान संचालन गरिरहेका छन् । भर्खरै सार्वजनिक गरिएको दुर्गा भजन युटुबमा सुन्न र हेर्न सकिन्छ ।









