बनेपा/बनेपाका सन्देश मानन्धर नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले हरेक वर्ष देश तथा विदेशमा आयोजित विभिन्न खेलमा उत्कृष्ट प्रर्दशन गरी राष्ट्रलाई गौरवान्वित बनाएको भन्दै ‘नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ बर्ष उत्कृष्ट खेलाडी २०७९’ अन्र्तगत १८ औ नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ सफल खेलाडी अवार्ड २०८० बाट सम्मानित भएका छन् ।
संघका अध्यक्ष दिपक श्रेष्ठका अनुसार हरेक वर्ष यस्ता खेलाडीहरुलाई सम्मान गरिदै आएको छ । यो १८ औ संस्करण हो । सन्देश मानन्धरले फुल कन्ट्याक क्योकुशिन कराँतेमा उत्कृष्टता हासिल गरेका थिए । देश बिदेशमा उत्कृष्ट खेल प्रदर्शन गरि गौरवान्वित नेपालको झण्डा फर्फराइ नेपाल फुलकन्ट्याक क्योकुशिन कराँतेबाट उत्कृष्ट खेलाडी घोषित भएका मानन्धरले बागमती प्रदेश तथा काभ्रेपलाञ्चोक जिल्लाको समेत नाम उँचो राखेकोमा खेल क्षेत्रका संस्थाहरुले बधाई तथा शुभकामना ब्यक्त गरेका छन् ।
अवार्डको १४ औं संस्करणमा विभिन्न २८ खेलका पुरुष र महिला सहित २८ खेलाडीलाई अवार्ड प्रदान गरिएको थियो । १८ औं एसियाली खेलकुदको प्रदर्शनलाई आधार मानी चयन गरिएका खेलहरुमा फुटबल, पौडी, भलिबल, टेबलटेनिस, सुटिङ, बक्सिङ, भारोत्तोलन, पाराग्लाइडिङ, कुराँस, कबड्डी, फेन्सिङ, रोलर स्पोट्र्स, स्क्वास, सेपाकताक्रो, कुस्ती, स्पोट्र्स क्लाइम्बिङ, बास्केटबल, टेबलनटेनिस, ब्याडमिन्टन, ट्रायथलन, पेन्केक सिलात, कराते, जुडो, तेक्वान्दो, उसु, आर्चरी, एथलेटिक्स, गल्फ लगायत छन् ।









