2026 April 27/ 09:29: 57pm

पनौती/‘जगेर्ना गरे संस्कृति, समृद्ध बन्छ पनौती’ भन्ने नाराका साथ पनौती नेपालको १२ औ बार्षिक साधारण सभा तथा पनौती नेपाल महिला समूहको चौथो बर्षिक साधारण सभा पनौती नेपालका अध्यक्ष निवास श्रेष्ठको अध्यक्षतामा तथा नगर प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    संस्थाका सचिव सानुबाबु तामाङले संचालन गर्नु भएको कार्यक्रममा अध्यक्ष निवास श्रेष्ठले बर्षभरी भएका कार्यक्रमका बारेमा जानकारी गराएका थिए । पनौती नेपाल र पनौती नेपाल महिला समुहले आयोजना गरेका विभिन्न कार्यक्रम, पनौतीको ऐतिहासिक, पुरातत्विक तथा सांस्कृतिक विषयमा गरिरहेका कार्यहरुका बारेमा जानकारी गराएका थिए । सभामा बोल्दै नगर प्रमुख भण्डारीले पनौती नगरपालिकालाई विश्व सम्पदा सूचीमा समावेश गर्न भएका प्रयास र प्रकृयाका बारेमा जानकारी गराएका थिए । पनौतीलाई विश्वसम्पदा सूचीमा लैजान आवश्यक पर्ने सबै कार्य गर्न दुबै संस्था प्रतिवद्ध रहेको कार्यक्रममा जानकारी गराईएको थियो । 
    सभाको उद्घाटन कार्यक्रममा संविधान सभा सदस्य रामहरी सुवेदी, उप प्रमुख गिता बञ्जारा, संस्थाका संस्थापक अध्यक्ष उत्तम श्रेष्ठ, निवर्तमान अध्यक्ष जीवन सुन्दर रघु श्रेष्ठ, वडा नम्वर ७ का वडा अध्यक्ष सविन ताम्राकार, वडा अध्यक्षहरु, पुर्व जनप्रतिनिधिहरु, विभिन्न क्षेत्रका  ब्यक्तित्वहरुको सहभागिता रहेको थियो । कार्यक्रममा पनौती नेपाल महिला समुहकी अध्यक्ष सुनमाया श्रेष्ठले धन्यवाद ब्यक्त गरेकी थिईन् भने स्वागत पनौती नेपालका उपाध्यक्ष विकास होराजूले गरेका थिए ।