धुलिखेल/विपी राजमार्ग अन्र्तगत रहेका धुलिखेल नगरपालिका देखि नमोबुद्ध नगरपालिका भित्र पर्ने विभिन्न होटल तथा रेष्टुरेन्टहरुको अनुगमन गरिएको छ । १२ वटा होटल र एउटा खाद्यान्न किराना पसल अनुगन गरिएको उद्योग तथा बाणिज्य कार्यालय धुलिखेलका निमित्त प्रमुख यज्ञबहादुर ओलीले बताए । अनुगमन गरिएका मध्ये ११ वटा होटललाई जरिवाना गरिएको छ ।
‘अनुगमनका क्रममा ब्यवसाय स्थलमा अनिवार्य रुपमा मुल्य सूचि टाँस्न सुझाव दिर्ईएको छ भने म्याद नाघेका सामानहरुको उचित ब्यवस्थापन गर्न सुझाव दिईएको छ’– निमित्त प्रमुख यज्ञबहादुर ओलीले भने– ‘फर्म दर्ता नवीकरण अद्यावधिक गर्न लगाईएको, होटल ब्यवसायको किचन ब्यवस्थापन तथा सरसफाई गर्न सचेत गराईएको, फ्रिज भित्र खाद्य सामाग्री राख्दा तापक्रम मिलाएर राख्न सल्लाह दिईएको छ ।’ त्यस्तै पूर्ण लेबल भएका सामान मात्र खरिद विक्री गर्न, खानेकुरामा कुनै पनि प्रकारको फुट कलर प्रयोग नगर्न, खरिद विक्री बिल पसलमा राख्न र दर्ता प्रमाणपत्र, साईनबोर्ड सबैले देख्ने स्थानमा राख्न तथा दर्ता नभई संचालन फर्महरुलाई एक हप्ता भित्र दर्ता गरेर संचालन गर्न निर्देशन लिएको ओलीले बताए । अनुगमनका क्रममा चाउमिन, फ्यान्टा, कोकाकोला, सानो कोक लगायतका सामानहरु जफत गरी नष्ट गरिएको छ । ११ हजार ५ सय मुल्य बराबरको सामान नष्ट गरिएको छ ।
अनुगमन गरिएका पसलहरुमा उद्धव थापा, हरीशरण घोरसाईने, पेमा लामा होटल, टासी डोल्मा खाजा घर, संगिता गुरुङ, सानुकाजी तामाङ, कुमार घोरसाईने, इशा खाजा घर तथा किराना पसल, सगुन होटल एण्ड खाजा घर, एकान्त डाँडा खाजा घर र रमाईलो डाँडा खाजा घर रहेका छन् । उद्धव थापा र हरीशरण घोरासैनीको होटल दर्ता छैन । उनिहरुलाई २०÷२० हजार जरिवाना गरिएको छ । टासी डोल्मा खाजा घर, संगिता गुरुङ, सानुकाजी तामाङको पसल पनि दर्ता नगरेको पाईएको ओलीले बताए । ११ वटा होटललाई जरिवाना गरिएको छ ।
अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी सुबास पौडेल, कोष तथा लेखा नियन्त्रक कार्यालय काभ्रेका अधिकृत चतुर्भुज तिमल्सिना, उद्योग तथा बाणिज्य कार्यालयका निमित्त प्रमुख यज्ञबहादुर ओली लगायत विभिन्न कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।









