बनेपा/राष्ट्रिय सहकारी बंैक लिमिटेड बनेपा शाखाको आयोजनामा ब्यवस्थापकहरुको क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । काभ्रेपलाञ्चोक जिल्लामा रहेका ६२ वटा सहकारी संस्थाका ब्यवस्थापकहरुको तालिममा सहभागिता रहेको थियो । तालिमको अध्यक्षता राष्ट्रिय सहकारी बैक लिमिटेडका संचालक रामहरी बजगाँईले गरेका थिए । तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले प्रदान गरेका थिए । कार्यक्रम संचालन शाखा प्रमुख उपेन्द्र दाहालले गरेका थिए भने सहभागीहरुलाई प्रशिक्षण तेजप्रसाद बजगाँईले दिएका थिए । तालिममा सहकारीमा देखिएको समस्या समाधान र सहकारीका नीति नियम, ऐन सम्बन्धी प्रशिक्षण दिईएको थियो ।









