2026 April 27/ 07:54: 13pm

रेखबहादुर रखाल
    विपी राजमार्गबाट महाभारत गाउँपालिका वडा नं. ४, ५, ३ हुँदै मकवानपुर जिल्ला जोड्ने रोड बागमती प्रदेश सरकारद्धारा प्रदान गरिएको रु १५ लाखको काम महाभारत ३ देउराली रातमाटे भाङटार खोला सानो केटार, ठुलो केटार हुँदै ठूलो रातमाटे सम्म सम्पन्न भएको रोड निर्माण समितिको अध्यक्ष विष्णु लामिछानेले बताउनुभयो । अर्काे वर्ष ३५ लाख प्राप्त भए उक्त रोड खानीटार सम्म जोडिने समितिको सदस्य विविरेन्द्र रानामगरले बताउनुभयो ।
    त्यसैगरी भाङटार खोला रातोमाटे चौरखेत सिंचाई योजनाको लागि पनि बागमती प्रदेशद्धारा प्रदान गरेको ४० लाखको सिंचाई योजना सकिने अवस्थामा पुगेको सिंचाई निर्माण समितिको अध्यक्ष पदम मुक्तानले बताउनुभयो । ९ सय मिटर लम्बाई रहेको उक्त सिंचाईले १७ घरधुरी लाभान्वित हुने समितिको सचिव प्रकाश अस्तानीले बताउनुभयो । अर्काे दोङा आग्रेटारको ४० लाखको सिंचाई योजनाको कार्य पनि आधाभन्दा बढी भएको काम भइरहेको  सिंचाई समितिको अध्यक्ष शंकर मोक्तानले बताउनु भयो । वहाँको अनुसार उक्त सिंचार्यले १८ घरधुरी लाभान्वित हुनेछ ।
    महाभारत गाउँपालिका र दातृ संस्थाद्धारा प्रदान गरेको ५१ लाख ७ हजार ५ सय ८८ रुपैयाँको नमटार देउराली झोलुङ्गे पुलको काम गत फागुन १६ गतेबाट सुरु भै हाल सम्म निर्माण कार्य सम्पन्न भैरहेको पुल निर्माण समितिका अध्यक्ष निराजन तुम्सिङ मगरले बताउनुभयो । ८४ फिट लम्बाई ४  फिट चौडाई रहेको उक्त पुलले साविक फोक्सिङटार गाविस वडा नं. ४ को ४६ घरधुरीलाई फाईदा हुने समितिका सचिव नरबहादुर रानामगरले बताउनुभयो ।