2026 April 27/ 09:22: 16pm

बनेपा/नेकपा एकीकृत समाजवादीको जिल्ला अधिबेशन सकिएको छ । अधिबेशनले नयाँ कमिटी निर्वाचित गरेको छ । कमिटीको अध्यक्ष पदमा बसुन्धरा हुमागाई निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सचिव गोकुल गौतम पनि सर्वसम्मत भएका छन् । 
    अधिबेशनले उपाध्यक्षमा पासाङ ढोल्मु लामा र रघुवर चौ प्रधान निर्वाचित भएका छन् । उनिहरुले यशु लामा, लाप्साङ तामाङ र बीपी तिमल्सिनालाई पराजय गरेका थिए । उप सचिव पदमा हरिगोपाल प्रधानाङ्ग, कृष्णबहादुर तामाङ, भेषराज शाही निर्वाचित भएका छन् । प्रेमकुमार तामाङ, प्राणनाथ न्यौपाने, रेशमलाल श्रेष्ठ र सचितानन्द केसी उप सचिव पदमा पराजय भएका छन् । प्रत्येक नगरपालिकाबाट ३÷३ जना निर्विरोध भएका छन् । खुल्ला क्षेत्रमा रमेश गौतम, प्रेमप्रसाद बजगाई, गणेश पराजुली लगायतका नेताहरु पराजित भएका छन् । इश्वर बञ्जारा, चमारसिं तामाङ, राजन पराजुली र चन्दा लामा विजयी भएका छन् । 
    अधिबेशनको उद्घाटन पार्टी अध्यक्ष माधव नेपालले गरेका थिए । अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका उपाध्यक्ष दिपक गौतमलाई केन्द्रिय सदस्यमा लैजाने सहमति पछि बसुन्धरा हुमागाईलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो ।