2026 April 27/ 07:55: 40pm

बनेपा/बालबाटिका बिद्या मन्दिर स्कुल बनेपामा एक दिने बिज्ञान सामाग्री प्रर्दशनी गरिएको छ । 
    कक्षा २ देखि १० सम्मका विद्यार्थीहरूले पाठ्यक्रममा अध्ययन गरेका विषयहरुलाई प्रयोगात्मक रूपमा देखाएका थिए । विद्यार्थीहरुले टिमर्वकमा विज्ञान प्रर्दशनीका सामाग्रीहरु तयार गरेका थिए । २०५६ सालमा जिल्लामै पहिलो पटक बिज्ञान प्रदर्शनी शुरु गरेको उक्त विद्यालयले शैक्षिक सत्र २०८० सम्म निरन्तरता दिदै आएको प्रिन्सिपल रजना प्रधान  श्रेष्ठले बताईन । विद्यालयमा शैक्षिक सत्र २०८० मा ७ सय ५० जना विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । 
    विद्यालयमा नृत्य, वक्तृत्वकला, खेलकुद सप्ताह लगाएतका विभिन्न सास्कृतिक तथा अतिरिक्त कृयाकलापहरु हुँदै आएका छन् । विद्यालयले गुणस्तरीय शिक्षामा कुनै सम्झौता नगरी प्रविधी अनुसारको शिक्षा प्रदान गरेको प्रिन्सिपल श्रेष्ठले बताईन् । स्मार्ट बोर्ड तथा स–साना विद्यार्थीहरुलाई टेलिभिजनबाट अध्यापन गराईरहेको छ । शैक्षिक सत्र २०८१ बाट विद्यालयले अझै गुणस्तरीय शिक्षालाई प्रभावकारी बनाउन थप शैक्षिक कार्यक्रमको योजना बनाएको निर्देशक रवि श्रेष्ठले बताए । प्रर्दशनीमा अभिभाबक तथा अन्य बिद्याालयका बिद्यार्थी समेत गरी एक हजार भन्दा धेरैले अवलोकन गरेका छन् ।