सिन्धुपाल्चोक/मेलम्ची नगरपालिकाको आयोजना तथा पतंजलि योग महिला समिति सिन्धुपाल्चोकको समन्वयमा यही चैत्र १ गतेबाट मेलम्चीमो बृहत्त योग शिविर सम्पन्न भएको छ ।
शिविरको उद्घाटन बागमती प्रदेश प्रमुख ग्रोवेन तौजलेले गरेका थिए । प्रमुख अतिथी तौजलले योग अभ्यासले स्वस्थ समाज निर्माणको लागी जन जनमा योग पू-याउनु पर्ने बताए । कार्यक्रममका सभापति तथा मेलम्ची नगर प्रमुख आईतमान तामाङ्गले नगरबासीलाई स्वस्थ बनाउन र प्रत्येक वडामा योग अभ्यास संचालन गर्न निर्देशन दिदै मेलम्चीमा योग भवन निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा पतंजली योग समिति काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठ, पतंजलि योग समिति सिन्धुपाल्चोकका अध्यक्ष कमल कृष्ण अधिकारी, पतंजलि बागमती प्रदेश सदस्य दमन कुमार श्रेष्ठ, महिला पतंजलि समिति सिन्धुपाल्चोक अध्यक्ष कविता राउत लगाएतलले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य वडा नं. ११ का वडाध्यक्ष चन्द्र बहादुर तामाङ्गले गरेका थिए भने सञ्चालन मेलम्ची नगरपालिका कर्मचारी जयराम घोरासाईनीले गरेका थिए ।
त्यसैगरी बनेपा नगरपालिका वडा नं. ६ स्थित भक्तेश्वर योग साधना केन्द्रको प्रथम वार्षिकत्सवको उद्घाटन पतंजलि योग समिति बागमती प्रदेश प्रमुख ग्रोवेन तौजले र कर्पोट मेम्बर उद्धव प्रसाद तिमल्सिनाले संयुक्त रुपमा गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य भक्तेश्वर योग साधना केन्द्रका सचिव नविना बञ्जारा राखेकी थिईन भने वार्षिक प्रतिवेदन केन्द्रका संयोजक गंगाराम ठकुरीले प्रस्तुत गरेका थिए । त्यसै गरी आय–व्ययको कोषाध्यक्ष बाबुकृष्ण पन्तले प्रस्तुत गरेका थिए । कार्यक्रममा पतंजली योग समिति बनेपा नगर संगठन मन्त्री यमुना तिमल्सिना, बनेपा नगर संयोजक मनिषा बडाल, माधव प्रसाद श्रेष्ठ, अशोक सिं. महिला पतंजलि अध्यक्ष अनु श्रेष्ठ, पतंजलि काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठ, बागमती प्रदेश सल्लाहकार सरिता शाक्य, कर्पोट मेम्बर उद्धव प्रसाद तिमल्सिना लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सभापतित्व भक्तेश्वर योग साधना केन्द्रका संयोजक गंगाराम ठकुरीले गरेका थिए । कार्यक्रममा हरि मैनालीलाई साधना केन्द्रको सह–संयोजकमा चयन गरिएको थियो ।
यसैबीच चैत्र ७ गते बुधबारबाट मण्डनदेउपुर नगरपालिकाको सिपाघाट स्थित ईन्द्रेश्वर योग साधना केन्द्रमा आयोजना गरिएको १२ दिने उप–योग शिक्षक प्रशिक्षणको पतंजलि योग समिति बागमती प्रदेश प्रमुख ग्रोवेन तौजलेले पानसमा दिप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । उक्त कार्यक्रममा उक्त ६ नं. वडाका वडा अध्यक्ष सोमनाथ ढकाल, पतंजलि योग समिति काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठ, ईन्द्रेश्वर योग साधना केन्द्रका संयोजक राजन डोटेल लगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा ६० जना योग साधक साधिकाहरुले तालिम लिईरहेको उक्त उद्घाटन सत्रको सभापतित्व पतंजली योग समितिका अध्यक्ष हरिशरण श्रेष्ठले गर्नु भएको थियो भने स्वागत मन्तव्य महिला समितिका अध्यक्ष अनु श्रेष्ठले गर्नुभएको थियो ।









