बनेपा÷बनेपा नगरपालिकाको आयोजनामा नगरपालिकाका जनप्रतिनिधिहरु तथा कर्मचारीहरुको संयुक्त बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।
आन्तरिक पर्यटन प्रर्वद्धन प्रयोजनार्थ बनेपा नगरपालिकाको चण्डेश्वरी मन्दिरबाट पैदलमार्ग गरी १६ सय सिंढी हुदै गोसाईथानमा पिकनिको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा नगर प्रमुख शान्तिरत्न शाक्य उप प्रमुख विमला सापकोटा प्रमुख प्रशासकिय अधिकृत भोला चापागाई, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्यहरु, नगरका विभिन्न शाखा अधिकृत, कर्मचारी गरी १ सय ५० जनाको उपस्थिती रहेको थियो । नगर प्रमुख शाक्यले कर्मचारी र जनप्रतिनिधी बिच सौहार्द पुर्ण सम्बन्ध स्थापितका लागी र आन्तरीक पर्यटन प्रर्वद्धनका लागी उक्त बनभोजको आयोजना गरिएको बताए । नगरको गौरबको आयोजना १६ सय सिढि निमार्ण सम्पन्न पश्चात उक्त क्षेत्रमा प्राकृतिक, धार्मिक, सांस्कृतिक क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन बृद्धि हुने विश्वास लिएको बताए । नगरले उक्त क्षेत्रमा संरक्षण गर्ने र पर्यटनको बृद्धि गरी स्थानिय उत्पादनलाई प्राथमिकता दिने बताए । कार्यक्रममा उप प्रमुख विमला सापकोटाले एतिहासिक चण्डेश्वरी मन्दिर, गोसाईथान भएकाले र नगरले निर्माण गरेको १६ सय सिँढी र पिकनिक स्पोर्ट सञ्चालन पश्चात आन्तरिक पर्यटन बृद्धि हुने विश्वास रहेको बताईन् । उक्त स्थानमा नगरले नै वनभोजको आयोजना गरी आन्तरिक पर्यटन बृद्धि शुरु गरेको सापकोटाले बताईन् । प्रमुख प्रशासकिय अधिकृत भोला चापागाईले यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने बताए ।









