2026 April 27/ 07:54: 28pm

बनेपा/बनेपामा रहेको सिद्धार्थ माध्यमिक विद्यालयको ४० औ बार्षिकोत्सव तथा अभिभावक दिवस २०८० सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा विद्यालयका संस्थापक प्राचार्य÷प्रवन्ध निर्देशक ज्ञानबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता रहेको थियो । 
    कार्यक्रममा विद्यार्थीहरुले विभिन्न विद्यामा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा वडा अध्यक्ष चन्द्रबहादुर खड्का, शिक्षाविद् डा.चन्द्रप्रसाद लुईटेल, प्याब्सन केन्द्रीय कार्य समितिका उपमहासचिव भिमसेन केसी, नाईटिङ्गेल एकेडेमीका निर्देशक रत्नकुश रञ्जितकार, प्याब्सन बागमती प्रदेशका कोषाध्यक्ष श्रीकृष्ण श्रेष्ठ, जिल्ला अध्यक्ष श्याम भुजेल, सिद्धार्थ क्याम्पसका क्याम्पस प्रमुख पुकार कर्णजित लगायतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा विद्यार्थी सजिना नकर्मीले विद्यालयका बारेमा धारणा राखेकी थिईन् । कार्यक्रममा विद्यालयका प्राचार्य गुञ्जप्रसाद लुईटेलले विद्यालयले चार दशक अवधीमा  पु¥याएको योगदानका बारेमा चर्चा गरेका थिए । 
    विद्यालयले एसएलसीमा बोर्ड प्रथम गरेको, बोर्डका विभिन्न उत्कृष्टता पुरस्कार हात पारेको, +२ कार्यक्रममा समेत उत्कृष्टता हासिल गरेको थियो । कार्यक्रममा बोल्दै सहभागिहरुले नेपालको शिक्षा ब्यवहारिक बनाउनु पर्नेमा जोड दिए ।