2026 April 27/ 07:55: 53pm

पनौती/पनौती नगरपालिका वडा नं। ६ गुराँसमार्ग स्थित सहयात्रा देवीस्थान बहुउदेश्यीय सहकारीले १७ औँ वार्षिक स्थापना दिवस भब्यताका साथ मनाएको छ । सोही अवसरमा सहकारीको शिक्षा तथा प्रचारप्रसार उपसमितिको संयोजकत्वमा पनौती नगरपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको सहभागितामा नगर स्तरिय सहकारी निबन्ध लेखन प्रतियोगिताको आयोजना गरेको हो । 
    कार्यक्रममा पनौती नगरपालिकाका ११ वटा निजी र सामुदायिक विद्यालयका २३ जना बिद्यार्थीहरु सहभागि भएका थिए । प्रतियोगितामा भालेश्वर माविका अबिना कार्कीले प्रथम, काभ्रे अङ्ग्रेजी माविकी  गरिमा सापकोटाले द्वितिय, अरुणोदय आवासीय माविकी क्रिस्टिनाा सुर्खेतीले तृतिय तथा सोही विद्यालयकी कुसुम तिमल्सिनाले सान्त्वना स्थान प्राप्त गरेका छन् । कार्यक्रम संस्थाको शिक्षा तथा प्रचारप्रसार उपसमितिको संयोजक तथा सह–सचिव प्रविण दाहालको संयोजकत्वमा आयोजना गरिएको हो । संयोजक दाहालले विद्यार्थीहरूले प्रतियोगिता मूलत संस्थाको सामाजिक उत्तरदायित्वका साथै विद्यार्थीहरुमा सहकारीको महत्व दर्शाउने र सहकारीबारे सकारात्मक चेतना फैलाउने उद्देश्यले सञ्चालन गरिएको बताए । संस्थाका अध्यक्ष गोविन्दप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिब हरीशंकर तिमल्सिनाले सञ्चालन गरेका थिए । संस्थाको १७ औं स्थापना दिवस विविध कार्यक्रमका साथ मनाईएको प्रमुख व्यवस्थापक गौतम प्रजापतिले बताए ।