बनेपा/ब्रम्हकुमारी राजयोग सेवा केन्द्र बनेपाले ८८ औ महाशिवरात्री पर्वको अवसरमा ‘महाशिवरात्री नव युग आगमन पर्व’ विशेष कार्यक्रमका साथ मनाएको छ । साथै सोहि अवसरमा झन्डोलोत्तन कार्यक्रम आयोजना गरिएको छ ।
ब्रम्हकुमारी राजयोग सेवा केन्द्र काठमाडौकी मुख्य संचालिका कुसुम दिदीको सभापतित्वमा आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादे, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिना, ब्रम्हकुमारी राजयोग सेवा केन्द्र बनेपाकी मुख्य संचालिका लक्ष्मी दिदी, मेलम्ची केन्द्र प्रमुख साधिका लगायतले ब्रम्हकुमारी राजयोग सेवा केन्द्रले समुदायमा पु¥याएको योगदानका बारेमा चर्चा गरेका थिए । ब्रम्हकुमारी राजयोग सेवा केन्द्रले हरेक वर्ष महाशिवरात्रीका दिन विशेष कार्यक्रम आयोजना गर्दै आएको छ ।
बनेपामा रहेको ब्रम्हकुमारी राजयोग सेवा केन्द्रले विभिन्न अवसरमा सकारात्मक सन्देश प्रवाह गर्ने महत्वपूर्ण भूमिका खेलिरहेको छ । ब्यक्तिलाई नैतिक, चारित्रिक तथा सकारात्मक सोचको विकास गराउन ब्रम्हकुमारी राजयोग सेवा केन्द्रले सन्देशहरु मार्फत भूमिका खेलिरहेको छ ।









