2026 April 27/ 07:55: 39pm

महाभारत/नेपाल विद्युत्त प्राधिकरण काभ्रे वितरण शाखाले जिल्लाको विकट पालिका महाभारतमा विद्युत्त परिक्षण गरिएको छ । वडा नम्वर १ गोकुले, वडा नम्वर ८ घर्तिछाप र वडा नम्वर २ गोकुले लगायतका स्थानहरुमा हिजो बुधबार विद्युत्त परिक्षण गरिएको हो । 
    केन्द्रीय विद्युतीकरणको सुविधा नपुगेको काभ्रेको डाँडापारी महाभारत गाउँपालिकामा विद्युत्त प्राधिकरण काभ्रे वितरण शाखाले एच, टी,÷एल.टी लाईन तथा ट्रान्सफर्मर चार्ज गरेको हो । नेपाल विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रको ग्रिड सोलार एण्ड ईफिसियन्सी आयोजनाबाट महाभारतका विभिन्न वडाहरुमा विद्युत्त सेवा शुरु भएको थियो । महाभारत गाउँपालिकामा ३ हजार ३ सय घर धुरी छन । सबै वडाका सबै घरधुरीमा नियमित विद्युत्त सेवा पु¥याउने उदेश्यले शुरु भएको आयोजनाले स्थानीयहरु लाभान्वित हुने महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए । 
    गाउँपालिकाले घरमा जडान गर्ने मिटर बक्स खरिदका लागि लाग्ने २ हजार ६ सय ८५ मध्ये प्रत्येक घरधुरीलाई अनुदान स्वरुप १ हजार रुपैंया उपलब्ध गराउँदै आएको छ । नेपाल विद्युत प्राधिकरण र महाभारत गाउँपालिकाको पहल र समन्वयमा केन्द्रिय विद्युतको प्रसारण विस्तार गरिएको अध्यक्ष जिम्बाले बताए । महाभारत गाउँपालिका र खानिखोलाबासीलाई बत्तिको अध्यारोबाट उज्यालो बनाउने अभियानमा नेपाल सरकारले १ अर्ब ५६ करोड रकम विनियोजन गरी कार्य प्रारम्भ गरेको थियो । रकम अपुग भएका कारण अधुरो रहेको आयोजना समापन गर्न पुन ः ३० करोड रकम विनियोजन गरिएको छ ।