2026 April 27/ 06:21: 28pm

    धुलिखेल/सिन्धुपाल्चोक घर भई धुलिखेल नगरपालिका बाँसघारीमा डेरामा बस्दै आएकी १२ बर्षिया बालिकालाई ८१ बर्षिय जेष्ठ नागरिकले जर्बजस्तिकरणी गरेका छन् । जर्बजस्तिकरणी गर्ने जेष्ठ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । 
    बालिकाका बाबु विरामी भएर आमा उपचार गराउन काठमाडौं गएका बखत डेरामा कोहि नभएको मौका छोपी बालिकालाई ललाई फकाई जर्बजस्तिकरणी गरेको जाहेरीमा उल्लेख छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार पीडित बालिकाले आफन्त घरमा आए पछि घटनाका बारेमा जानकारी गराएकी थिईन् । रामेछाप घर भएका जेष्ठ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । काभ्रेपलाञ्चोक जिल्लामा पछिल्लो समय जर्वजस्तिकरणी र जर्बजस्तिकरणी सम्बन्धी उद्योगका घटनाहरुमा बृद्धि भईरहेको छ । विद्यालय तहमा शिक्षकहरुद्वारा बालबालिकाहरुलाई समेत यौन दुब्र्यवहारका घटना भएका छन् ।