2026 April 27/ 06:21: 33pm

   बनेपा/बनेपा नगरपालिकाले नगर भित्रका कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । नगर प्रमुख शान्तिरत्न शाक्यले किसानहरुलाई आधुनिक प्रविधि मार्फत खेती गर्दा लागत कम, उत्पादन बढी हुने भएकाले आधुनिक प्रविधि माफर्त खेती गर्न आग्रह गरेका थिए । 
    नगरपालिकाले किसानलाई खेतिमा आत्म निर्भर बनाउनका लागी विभिन्न किसिमका कृषि सामग्री वितरण गर्दै आएको बताए । उप प्रमुख विमला सापकोटाले नगरपालिकाले किसानहरुले लम्पी स्किनबाट मरेका गाई भैसीको क्षतिपुर्ति बापत अनुदान प्रदान गरेको र सम्पुर्ण किसानहरुले पालेको गाई भैसीहरुको निशुल्क विमा गरिएको बताईन् । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत भोलाप्रसाद चापागाईले लगेको सामानको सहि सदुपयोग गर्न आग्रह गरेका थिए । नगरपालिकाले ५० प्रतिशत अनुदानमा उक्त ट्रयाक्टर वितरण गरेको चापागाईले बताएका थिए । 
    कार्यक्रममा कृषि शाखाका प्रमुख गणेश बहादुर खत्री लगायतले मन्तब्य राखेका थिए । कृषिशाखा अधिकृत कमला हुमागाईले ६५ जना कृषकलाई हाते ट्याक्टर वितरण गरेको बताईन् । किसानलाई प्लास्टिक टनेल, प्लाष्टिक मल्चिङ, कम्पोष्ट विन ३ सय वटा,धान चुट्ने मेशिन, मौरीका घारहरु लगायतका विभिन्न कृषि सामाग्रीहरु वितरण गरिएको हुमागाईले बताईन् ।