2026 April 27/ 06:21: 29pm

    बनेपा/एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु काभ्रेपलाञ्चोकले एक कमिटी एक रचनात्मक कृयाकलाप गर्ने निर्णयसँगै अनेरास्ववियुका विभिन्न कमिटीहरुले रचनात्मक कृयाकलाप गर्न शुरु गरेका छन् । 
    बनेपा नगर कमिटीले आयोजना गरेको रचनात्मक कृयाकलाप अन्र्तगत हाजिरी जवाफ प्रतियोगितामा सहभागि विद्यालयहरु मध्ये बनेपा नालामा रहेको चण्डेश्वरी माविका विद्यार्थीहरु प्रथम भएका छन् । त्यस्तै प्रतियोगितामा बागमती अंग्रेजी बोर्डिङ्ग स्कुलका विद्यार्थी दोश्रो र आजाद माध्यमिक विद्यालय बनेपाका विद्यार्थीहरुले तेश्रो स्थान हात पारेका छन् । बनेपा ५ आजाद मावीमा आयोजित कार्यक्रममा सहभागि भई विजयी विद्यार्थीहरुलाई एमाले नेता रामशरण दाहाल, विद्यार्थी नेताहरु बागमती प्रदेशका पुर्व अध्यक्ष शालिकराम पराजुली, जिल्ला अध्यक्ष मिलन गौतम, जिल्ला पदाधिकारीहरु तथा नगर कमिटीका नेताहरुले पुरस्कार वितरण गरेका थिए ।