2026 April 27/ 06:21: 30pm

    बनेपा/नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको सातौं राष्ट्रिय महाधिवेशनबाट काभ्रेका तीन ब्यवसायी निर्वाचित भएका छन् । लामो समय देखि स्टेशनरी ब्यवसाय गरिरहेका बनेपा नव प्रभात स्टेशनरीका संचालक कृष्णराम कार्की लेखा समितिको संयोजक पदमा निर्वाचित भएका छन् । उनी काभ्रे जिल्लाका पुर्व अध्यक्ष पनि थिए । 
    त्यस्तै काभ्रेमा लामो समय देखि स्टेशनरी ब्यवसायमा संलग्न भई निर्वतमान अध्यक्ष समेत रहेका आचार्य स्टेशनरीका संचालक भिम आचार्य केन्द्रिय सदस्य पदमा निर्वाचित भएका छन् । त्यस्तै बनेपाको पुरानो स्टेशनरी प्रगति पुस्तक भण्डारका संचालक सुविन मानन्धर पनि खुल्ला सदस्य पदमा निर्वाचित भएका छन् । महासंघको केन्द्रिय अध्यक्ष पदमा शिव सागर शर्मा निर्वाचित भएका छन् ।