बनेपा/बनेपामा रहेको लिन इन्टरनेशनल बोर्डिङ्ग स्कुलको २३ औ बार्षिकोत्सव तथा अभिभावक दिवस प्याब्सनका केन्द्रिय सदस्य पूर्णकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । विद्यालयका निर्देशक कृष्ण भण्डारी शिशिरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । सोहि अवसरमा विभिन्न विद्यामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा प्याब्सनका केन्द्रिय सदस्य पूर्णकुमार श्रेष्ठले विद्यालयहरुका चुनौती, बालबालिकाहरुको सिकाई अवस्था र विद्यालय संचालकहरुले आगामी दिनमा खेल्नु पर्ने भूमिकाका बारेमा धारणा राखेका थिए । कार्यक्रममा प्याब्सनका अध्यक्ष श्याम भुजेल, निजी गुठीका सरोज न्यौपाने, प्याब्सन बनेपाका नारायण जोशी, शिक्षा क्षेत्रका विभिन्न ब्यक्तित्वहरु सहभागि थिए । साथै विद्यालयको कार्यक्रममा एकिकृत खलि नेपाल शिक्षक संगठनका प्रदेश ३ का पुर्व अध्यक्ष दुर्गा सिं तामाङ, विद्यालयका प्रधानाध्यापक श्रीकृष्ण श्रेष्ठ लगायतले विद्यालयले पछिल्लो अवस्थामा शिक्षण सिकाई विधी र अवस्थामा परिवर्तन गर्दै बालबालिकाहरुको चाहना अनुसारका शिक्षा प्रदान गरिरहेको बताएका थिए । शिक्षक दिपक तामाङले संचालन गरेको उक्त कार्यक्रममा बालबालिकाहरुले विभिन्न प्रस्तुती गरेका थिए ।
लिन इन्टरनेशनल स्कुल बनेपाले एक शैक्षिक सत्रमा ४४ वटा खेलकुदका विद्याहरुमा सहभागि विद्यार्थीहरुका लागि २ सय ९९ वटा गोल्ड मेडल उपलब्ध गराएको थियो । विद्यालयले गठन गरेका चारवटा समुह रातो, पहेलो, हरियो र निलो मध्ये यो वर्ष हरियो समुह उत्कृष्ट भई ट्रफि र ५० हजार नगद पुरस्कार प्राप्त गरेको छ । जुन समुहमा आवद्ध विद्यार्थीहरुले खेलकुद प्रतियोगितामा धेरै मेडलहरु जितेको हुन्छ त्यहि उत्कृष्ट हुने गरी समुहहरु विभाजन गरिएको थियो । यो वर्ष ग्रिन हाउसमा सहभागी भएका विद्यार्थीहरुले धेरै मेडलहरु जितेर उत्कृष्ट भएका थिए ।









