2026 April 27/ 06:22: 18pm

बनेपा/पिपुल्स बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १८ औं स्थापना दिवसका अवसरमा एकै दिन १० वटा कार्यक्रम सम्पन्न गरेको छ । 
साकोसले उक्त अवसरमा सरसफाई, खुल्ला रक्तदान, सहकारी शिक्षा एवं वित्तिय साक्षरता तथा परिवार योजना, समवेदना सहयोग रकम वितरण, मोबाईल बैंकिङ् सेवाको शुभारम्भ, संरक्षित पूँजि फिर्ता कोष रकम वितरण, स्वास्थ्य उपचार सहयोग रकम वितरण, पिपुल्स सुनौलो भविष्य बचत योजना, र दीर्घकालीन बचतको चेक हस्तान्तरण गरी कार्यक्रम सम्पन्न गरेको छ । 
कार्यक्रम संस्थाका अध्यक्ष निरन शाक्यको सभापतित्वमा तथा बनेपा नगरपालिका वडा नम्बर ८ की वडा अध्यक्ष शुभलक्ष्मी मानन्धरको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथी मानन्धरले सरकारी तवरबाट प्रदान गर्नु पर्ने सुविधा सहकारी संस्थाले दिएर राम्रो काम गरिहेको साथै मोबाईल बैंकिङ् सेवा प्रयोग सम्बन्धि सदस्यहरुलाई आवश्यक जानकारी गराउनलाई जोड दिएकी थिईन् । सबै सहकारीहरुलाई एउटै रुपमा नहेरी यस्ता समुदायमा रहेको राम्रा सहकारीहरु पनि भएकाले सदस्यहरुले सहकारीका बारेमा बुझेर मात्रै कारोबार गर्नु पर्ने मानन्धरले बताईन् । 
कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का उपाध्यक्ष सागर नाथ कपाली, आदर्श आर्थिक विकास साकोसका प्रबन्धक भरत तिमल्सिना, प्रमुख सल्लाहकार नवराज के.सी., संस्थाका सदस्य नकुल के.सी लगायतले शुभकामना साथै सहकारीले समुदायमा पु¥याएको योगदानका बारेमा मन्तब्य राखेका थिए । 
कार्यक्रममा संस्थाका अध्यक्ष निरन शाक्यले साकोसले सदस्यहरुको सुविधाको लागी प्रविधि अनुसारको मोबाईल बैकिङ शुरु गरिएको बताए । संस्थाले सामाजिक उत्तरदायत्वि अन्र्तगत रक्तदान, स्वास्थय शिविर, सरसफाई जस्ता विभिन्न कार्यक्रम गर्दै आएको शाक्यले बताए । साकोसले सहकारी शिक्षा, सदस्यलाई स्वास्थ्य उपचार राहत, सदस्यको मृत्य भएमा समवेदना सहयोग प्रदान गर्दे आएको र सदस्यहरुको आत्मनिर्भरताका लागी विभिन्न सीपमुलक तालिम प्रदान गर्दै आएको शाक्यले बताए । 
कार्यक्रममा धन्यबाद ज्ञापन लेखा समिति सदस्य ऋषिराम गौतमले र सञ्चालन सचिव देवेन्द्र श्रेष्ठले गरेका थिए ।
–    सरसफाई कार्यक्रम
सहकारी संस्थाको सम्बन्ध वातावरणसंग पनि स्थापित गराउनु पर्दछ भन्ने कुरालाई कार्य रुपमा प्रर्दशन गर्नका लागि कार्यक्षेत्र भित्र भएका सार्वजनिक स्थान, मठ मन्दिर, संस्कृती एवं सम्पदा संरक्षणमा संस्थाको उपस्थितीको लागि र सहयोगी भूमिका खेल्ने हेतुले वार्षिक योजना अनुसार संस्थाको कार्यक्षेत्रका कम्तीमा १ ओटा मठमन्दिर सरसफाई गर्न स्थानीय क्लव, सम्वन्धित सामाजीक संस्थाहरु सँग समन्वय गरी कार्यक्रम सम्पन्न गर्ने लक्ष्य अनुरुप संस्थाकोे प्राड्डणवरपर देखि तीनदोबाटो चोक भित्र करुणा मार्ग, लक्ष्यश्वर मार्ग, लक्ष्यश्वर महादेव मन्दिर हुँदै तलापुखु पोखरी र गणेश मन्दिर सम्म सरसफाई गर्दै सम्पन्न गरियो । – खुल्ला रक्तदान 
       संस्थाको १८ औं स्थापना दिवसको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रम  नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाको प्राविधिक सहयोगमा सञ्चालन भएको थियो ।  रक्तदान कार्यक्रममा महिला ५ जना र पुरुष १६ जना गरी जम्मा २१ जना रक्तदाता सहभागी भई अमुल्य रक्तदान गरेका थिए । 
–सहकारी शिक्षा, वित्तिय साक्षरता तथा परिवार योजना कार्यक्रम 
सदस्यका निमित्त सदस्य शिक्षा, वित्तीय साक्षरतातथा परिवार योजना कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा महिला १६ जना र पुरुष १८ जना गरि जम्मा ३४ जना सदस्यको उपस्थिती रहेका थियो  । 
उक्त शिक्षा कार्यक्रम सुरवि कायस्थ र एलिना सुवालबाट सहभागिहरुलाई सहजिकरण गरियो । संस्थाका प्रबन्धक नवराज सापकोटा बाट सहकारी शिक्षा एवं वित्तीय साक्षरता बिषयमा प्रस्तुति गरिएको थियो । उक्त कार्यक्रममा संस्थाका लेखा समिति सदस्य  ऋषिराम गौतमले हालको अवस्थामा सवल संस्था पहिचानमा सहजिकरण गरेका थिए । 
–    सहयोग रकम वितरण 
स्थापना दिवसै अबसरमा समवेदना राहत वितरण गरिएको थियो । यस संस्थाको न्युनतम रु.१०,०००।–(१०० कित्ता) बराबरको शेयर खरिद गरेका सदस्यहरुलाई उक्त कोष मार्फत स्वयं र एकाघरको परिवारको मृत्यु भएको अवस्थामा संस्थाले राहत स्वरुप रु. ५०००।– प्रदान गर्दै आएको छ । आ.व.०८०/०८१ को फागुन १५ गते सम्म प्राप्त विवरणका आधारमा ४ जना लाई उक्त राहत वितरण गरिएको थियो ।
–    मोबाईल बैंकिङ् सेवा उद्घान
“प्रविधिको उच्चतम प्रयोग मार्फत सदस्यहरुको सहभागीता” सदस्यहरुलाई सरल भरपर्दो र घरमै बसेर कारोबार गर्न सक्ने गरि विभिन्न प्रविधिको विकासमा वार्षिक योजना अनुसार बढ्दो संक्रमण नगदबाट हुने जोखिमको न्युनीकरण गर्न र नगद रहित कारोबारको माध्यमबाट आफ्नो पैसाको सुरक्षा र कारोबारमा सरलता ल्याउनका लागि १८ औं संस्था स्थापना दिवसका अवसरमा सदस्यहरुको माझमा मोबाईल बैंकिङ् सेवा सुभारम्भ गरिएको छ ।
- संरक्षित पूँजि फिर्ता कोष रकम वितरण
त्यसैगरी संस्थाको स्थापना दिवसकै अवसरमा संरक्षित पूँजि फिर्ता कोष रकम वितरण अन्र्तगत भार बमोजिमको कर्जा तर्फ(कूल रकमको ६०%) ३ हजार भन्दा बढि रकम पाउने १४ जना र बचत तर्र्फ (कूल रकमको ४०%) रु. १५०० भन्दा बढि रकम पाउने १४ जना सदस्यहरुलाई उक्त कोषबाट रकम वितरण गरिएको थियो । संरक्षित पूँजि फिर्ता कोष रकम प्राप्त गर्न योग्य अन्य सदस्यहरुको हकमा २०८० फागुन २५ गते सम्म सम्बन्धित खातामा रकम जाने व्यवस्था गरिएको जनाएको थियो । 

– स्वास्थ्य उपचार सहयोग रकम वितरण 
सोहि अवसरमा सदस्यलाई स्वास्थ्य उपचार सहयोग रकम हस्तान्तरण गरिएको छ  । उक्त योजनामा सहभागी हुनका लागि सदस्यले निरन्तर बचत खाता खोली मासिक न्यूनतम रु. २०० ।– वा १००।– ले भाग जाने रकम नियमित मासिक रुपमा जम्मा गर्दै जानुपर्नेछ । यस राहत कोषमा सहभागिताको लागि सदस्यको बचत खातामा कम्तिमा रु. १५,०००।– रहेको हुनुपर्दछ । संस्थामा सदस्यता अवधिभर सदस्य विरामी भई अस्पताल भर्ना गरी उपचार गराउँदा बढीमा एक पटकमा रु. १०,०००।– वा बिल बमोजिमको रकम भुक्तानी गरिने प्रवन्धक नवराज सापकोटाले जानकारी दिएका थिए ।
–    पिपुल्स सुनौलो भविष्य बचत योजना
संस्थाले पिपुल्स सुनौलो भविष्य बचत योजना १६ बर्षे कार्यक्रम सञ्चालनमा ल्याएको छ । जसमा सहभागी हुन चाहने सदस्यले १ लाख, २ लाख,३ लाख र ४ लाखका दरले वा सो को गुणामा हुन आउने रकम एकमुष्ट बचत गरि योजना स्किमको छनौट गर्नुपर्नेछ । संस्थाले मासिक रुपमा उपलब्ध गराउने भनिएको रकम सदस्यको यस संस्थामा रहेको साधारण बचत खातामा जम्मा गरिनेछ र अवधि समाप्ति भए पश्चात संस्थाले कबुल गरे अनुसारको एकमुष्ट रकम भुक्तानी गर्नेछ । 
–दीर्घकालिन बचतको चेक हस्तान्तरण 
२०६५ फागुन ९ गते सञ्चालनमा आएको १५ बर्षे दीर्घकालिन बचत योजनामा जम्मा ३१ जना सदस्यहरुले मासिक २ सय, ३ सय, ४ सय, ५ सय र १ हजारका दरले १५ बर्ष सम्म नियमित बचत जम्मा गरेका सदसस्यहरुको  फागुन ९ गते योजना अवधि समाप्त भए पश्चात ३१ जना सदस्यहरुलाई रु.७४ लाख  ८० हजार रुपयमा सदस्यहरुलाई हस्तान्तरण गरिएको थियो । 

               कार्यक्रममा साकोसको प्रवन्धक नवराज सापकोटाले संस्था समुदायण्मा आधारित सहकारीको एने र कानुन अनुसार सञ्चालन गरिएको बताए । साकोसमा सदस्यहरुको आय स्तर उकास्नका लागी विभिन्न सदस्य केन्द्रित कार्यक्रमहरु गर्दे आएको बताए । कार्यक्रममा सञ्चालक समिति, लेखा समिति, सल्लाहकार समिति, उप–समिति, कर्मचारी, शेयर सदस्य विभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।