2026 April 27/ 06:08: 08pm

        बनेपा/बनेपा निष्ट माध्यमिक विद्यालयले विज्ञान प्रदर्शनी २०८० प्रतियोगिता आयोजना गरेको छ । साईन्स क्लब अफ विद्यार्थी काउन्सिलले आयोजना गरेको उक्त प्रतियोगितामा २२ वटा प्रोजेक्टहरु समावेश गरेको थियो । 
        प्रतियोगितामाप्रथम स्थान एबतज ायिियधष्लन च्यदयत ९ःयथभ ःयथभ ऋबच० प्रोजेक्टले हासिल गरेको छ । जसमा सिद्धान्त तिमल्सिना, सविन तिमल्सिना र रिमेश श्रेष्ठ सहभागी थिए । त्यसैगरी ःयदष्भि अयलतचय िऋबचप्रोजेक्ट दोश्रो हुन सफल भएको छ । जसमा प्रसुन सिपखान, मृदुल तिमल्सिना र विवत्सुअर्याल सहभागी थिए । प्रतियोगिताको तेस्रो स्थान च्ष्खभच ऋभिबलष्लन द्ययबत र ज्बझयमष्बथिकष्क प्रोजेक्ट भएका छन् । जसमा च्ष्खभच ऋभिबलष्लन द्ययबत अन्तर्गत पुजन थापा, अप्र्याज राउत र निकेश श्रेष्ठ सहभागी भएका थिए । ज्बझयमष्बथिकष्क मा आईसा सैंजू र आयाम श्रेष्ठ सहभागी थिए ।प्रतियोगिताको सान्त्वना प्राप्त गर्न सफल ँष्चभ म्भतभअतयच बलम ँष्चभ भ्हतष्लनगष्कजभच र ज्यmभ ीबकभच क्भअगचष्तथ  क्थकतझ रहेको छ । जसमा ँष्चभ म्भतभअतयच बलम ँष्चभ भ्हतष्लनगष्कजभच मा सचिन तिवारी, साजन घिमिरे र विजय लामा सहभागी थिए भने ज्यmभ ीबकभच क्भअगचष्तथ  क्थकतझ मा नारायण अधिकारी, सुदिप थापा र समृद्ध भट्टले सहभागीता जनाएका थिए । 
विद्यालयले विद्यार्थीहरुलाई पढाईमा मात्रै नभई पढिसकेका कुराहरुलाई प्रयोगात्मक रुपमा सिकाउँदै आएको प्रिन्सिपल दिपक भट्टले जानकारी दिए । विद्यालयले विद्यार्थीहरुलाई सुचना प्रविधि परियोजना प्रर्दशनी, कविता लेखन तथा वाचन प्रतियोगिता, नृत्य प्रतियोगिता जस्ता विभिन्न प्रयोगात्मक शिक्षा दिदै आएको भट्टले बताए । गुणस्तरीय शिक्षासँगै उनिहरुको क्षमता प्रदर्शन, ब्यबहारिक, सामाजिक, नैतिक र संस्कारयुक्त शिक्षा प्रदान गर्नु नै निष्टको उद्देश्य रहेको भट्टको भनाई रहेको थियो । 
कार्यक्रममा विद्यालयका प्रशासन प्रमुख पुण्यप्रसाद कट्टेलले विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, ब्यबस्थापन, कानुन विषय, स्नातक तहमा विएससि. सिएस.आईटी, विआई एम, विसिए, लगायतका विषयहरु अध्यापन भैईरहेको बताए । विद्यालयले समय समयमा अभिभाबकहरु सँग छलफल गरी विद्यार्थीहरुको पढाईका बारेमा जानकारी गराउँदै आएको बताए ।