बनेपा/जीवन विज्ञान जिल्ला परिषद् काभ्रेको आयोजना तथा बनेपा नगरपालिकाको सहकार्यसञ्चालित पूर्ण स्वास्थ्यको विज्ञान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा भानु गुरुदेव वाणी प्रवचन आफै भित्र खुसी खोजौँ, विवेकहीन नकारात्मक सोच भएकोले त अरूलाई सधैँ पीडा दिएर आफू खुसीको मज्जा लिन खोज्छ । तर त्यो क्षणिक हो, अन्त त उ सधैँको दुःखको बाटो पहिल्याउँछ उसले अरूलाई दिएको पिडाले उसैलाई पोल्छ। पूर्ण स्वास्थ्यको विज्ञानबाट ऊर्जा भरौँ । मानव जीवनमा स्वास्थ्य,सुख,साहस,प्रेम,ज्ञान,ध्यान र परम आनन्दको मूल स्रोत नै चक्रहरु हुने गुरुले प्रवचन दिएका थिए । उक्त ज्ञानबर्धक,जीवनमा उपयोगी, उपलब्धी मुलकपूर्ण स्वास्थ्य विज्ञान कार्यक्रममा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथी शाक्यले यस्ता प्रवचन सबैले मनन गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा विभिन्न क्षेत्रका बुद्धिजीवी,श्रमजीवी, शिक्षक, कृषक, ब्यापारी, विभिन्न संघ संस्था र समुदायका व्यक्तित्वहरूको सहभागी रहेको थियो ।
कार्यक्रमको सभापतित्व जिल्ला परिषद् काभ्रेका संयोजक रुपा विभूतिले गरेका थिए भने स्वागत मन्तब्य राम गोपाल तिवारीले राखेका थिए ।कार्यक्रम कल्याण मित्र दीक्षा थापाले सञ्चालन गरेका थिए ।









