2026 April 27/ 06:07: 26pm

    बनेपा/जीवन विज्ञान जिल्ला परिषद् काभ्रेको आयोजना तथा  बनेपा नगरपालिकाको सहकार्यसञ्चालित पूर्ण स्वास्थ्यको विज्ञान कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रममा भानु गुरुदेव वाणी प्रवचन आफै भित्र खुसी खोजौँ, विवेक हीन नकारात्मक सोच भएकोले त अरूलाई सधैँ पिडा दिएर आफू खुसीको मज्जा लिन खोज्छ । तर त्यो क्षणिक हो, अन्त त उ सधैँको दुःखको बाटो पहिल्याउँछ उसले अरूलाई दिएको पिडाले उसैलाई पोल्छ। पुर्ण स्वास्थ्यको विज्ञान बाट ऊर्जा भरौँ  । मानव जीवनमा स्वास्थ्य ,सुख,साहस,प्रेम,ज्ञान,ध्यान र परम आनन्दको मूल स्रोत नै चक्रहरु हुने गुरुले प्रवचन दिएका थिए । उक्त ज्ञानवर्धक,जीवनमा उपयोगी, उपलब्धी मुलक पूर्ण स्वास्थ्य विज्ञान कार्यक्रममा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथी शाक्यले यस्ता प्रवचन सबैले मनन गर्नु पर्ने बताएका थिए । 
 कार्यक्रममा विभिन्न क्षेत्रका बुद्धिजीवी,श्रमजीवी, शिक्षक, कृषक, ब्यापारी, विभिन्न संघ संस्था र समुदायका  व्यक्तित्वहरू सहभागि रहेको थियो । कार्यक्रमको सभापतित्व  जिल्ला परिषद् काभ्रेका संयोजक रुपा विभूतिले गरेका थिए भने स्वागत मन्तब्य  राम गोपाल तिवारीले राखेका थिए ।कार्यक्रम  कल्याण मित्र दीक्षा थापाले सञ्चालन गरेका थिए ।