सागाँ/ग्रेसल्याण्ड माध्यमिक विद्यालयको २४ औ वार्षिक उत्सब तथा अभिभावक दिवस प्याब्सनका केन्द्रिय उप महासचिव भिमसेन केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
प्रमुख अतिथी केसीले संस्थागत विद्यालयहरुमा विद्यार्थीहरुलाई पढाई सँगै प्रयोगात्मक शिक्षा दिँदै आएको बताए । संस्थागत विद्यालयमा घोकन्ते शिक्षा मात्रै प्रदान गरिन्छ भन्ने आरोपको खण्डन गर्दै केसीले संस्थागत जस्तो गुणस्तरीय र प्रयोगात्मक शिक्षा अन्य विद्यालयले दिन नक्सने बताए । विद्यार्थीहरुको क्षमता र उनिहरुको भावना अनुसार विद्यालयले शिक्षा प्रदान गर्दै आएको बताउँदै केसीले संस्थागत विद्यालयलाई राज्यले हेर्ने दृष्टिकोण अझै पक्षपात रहेको बताए । कार्यक्रममा विद्यालयका प्रिन्सिपल सुजेन्द्र श्रेष्ठले विद्यालयमा शैक्षिक सत्र २०८० मा ५ सय ७० विद्यार्थीहरुले अध्ययन गरिरहेको बताए । विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई विशेष छात्राबृत्ति प्रदान, शिक्षकहरुलाई तालिम, अन्तर विद्यालय विभिन्न प्रतियोगिता जस्ता कार्यहरु गर्दै आएको श्रेष्ठले बताए । विद्यार्थीहरुलाई पढाईसँगै उनिहरुसँग भएको क्षमतालाई प्रयोगात्मक रुपमा र ब्यवहारिक रुपमा विद्यालयले उतारेको दावि गरेका थिए ।
कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष रामलाल दुवाल, निर्वतमान वडा अध्यक्ष सुर्यनारायण नापित, प्याब्सनका केन्द्रिय सदस्य पुर्णकुमार श्रेष्ठ, पुर्व केन्द्रिय सदस्य सत्यनारायण श्रेष्ठ, प्याब्सनका जिल्ला अध्यक्ष श्यामबहादुर भुजेल, प्याब्सनका प्राज्ञ सल्लाहकार सरोज न्यौपाने, पनौती प्याब्सनका अध्यक्ष विमल न्यौपाने, धुलिखेल प्याब्सनका अध्यक्ष मुक्तिनाथ रिजाल, विभिन्न विद्यालयका प्रिन्सिपलहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले तयार पारेको साँस्कृतिक कार्यक्रम, शैक्षिक प्रर्दशनी, स्काउट क्रियाकलाप, प्रत्यक्ष कला प्रर्दशनी, फुड स्टल लगाएत प्रर्दशनी गरिएको थियो । कार्यक्रमको सभापतित्व जेष्ठ सञ्चालक सदस्य केशबलाल प्रधानको सभापतित्वमा सम्पन्न भएको थियो ।









