2026 April 27/ 04:43: 39pm

रोशी/रोशी गाउँपालिकाको १४ औँ अधिवेशन पालिका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा सम्पन्न भएको छ । 
 सभाले आर्थिक ऐन माथिको संशोधन प्रस्ताव, अर्ध बार्षिक प्रगती प्रतिवेदन प्रस्ताव र न्यायिक समितिको अर्ध बार्षिक प्रगति प्रतिवेदन प्रस्ताव लगायत विभिन्न प्रस्तावहरू पास गरेको छ । सभामा वडा नं. ३ का वडा अध्यक्ष धनजित लामाले शुभकामना मन्तव्य राखेका थिए भने उपाध्यक्ष मिम बहादुर वाईबाले न्यायिक समितिको अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्ताव पेश गरेका थिए । त्यसैगरी पालिकाका प्रवक्ता तथा वडा नं. १२ का वडा अध्यक्ष वसन्त कुमार तामाङले अर्धबार्षिक प्रगती प्रतिवेदन पेश गरेका थिए । 
चालु आर्थिक वर्ष २०८०/०८१ मा कुल ७४ करोड २७ लाख ६० हजार आय हुने र सोही अनुसार व्यय हुने अनुमान गरिएकोमा ३५ करोड ५३ लाख ३६ हजार ३ यस १३ आय रहको भने २६ करोड ६९ लाख ७५ हजार ६७ व्याय गरेको जनाएको थियो । सभामा गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले आ.ब.को अन्त्य सम्ममा सम्पूर्ण योजनाहरु सम्पन्न हुने प्रक्रियामा रहेको बताएका थिए ।