धुलिखेल/सोनाम ल्होछारको अवसर पारेर धुलिखेल नगरपालिका ४ स्थित बखुण्डोल बुद्ध पार्कमा वृहत साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा काठमाण्डौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापा, रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, धुलिखेल नगरपालिका पुर्व उप–प्रमुख विमला शर्मा, धुलिखेल नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष उत्तम तिमल्सिना, वडा नम्बर ३ का वडा अध्यक्ष गणेश आचार्य लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जुले लकडाउनमा बनेको पार्कले सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको बताए । पार्क परिसरमा वुद्ध प्रतिमा, राधा कृष्णको प्रतिमा स्थापना गरेर एकै ठाउँमा सबै धर्म संस्कृतिलाई समेटेकोमा खुसी व्यक्त गरेका छन । त्यसै खेर गइरहेको ठाउँलाई सदुपयोग गर्दै उत्कृष्ठ ठाउँ बनेकोमा आभार व्यक्त गर्दै उनले समाजको जागरुकताले परिवर्तन सम्भव भएको बताए । यस्तै रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बखुण्डोल बुद्ध पार्क धार्मिक सहिष्णुताको उदाहरणको रुपमा व्याख्या गरेका थिए ।
काठमाडौ विश्व विद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले पार्क निर्माणले पर्यटकीय नगरको रुपमा पहिचान बनाएको धुलिखेलमा नयाँ पर्यटकीय गनतव्य थपिएको महसुस भएको बताएका छन । यस्तै काठमाण्डौं विश्वविद्यालयका डा. राम लामाले आफ्नो भाषा संरक्षणमा जोड दिन आग्रह गरेका छन । ६ प्रतिशत तामाङ सुमु्दाय रहेको नेपालमा भाषा नजानेकै कारण समस्या देखा पर्न थालेको बताए । यसले सस्कृतिक रितिरिवाजको निरन्तरतामा समस्या सिर्जन ागर्ने बताएका छन । कार्यक्रममा सामाजिक जागरण मञ्चका अध्यक्ष पृथ्वी थापा, बखुण्डोल रातमाटे टोल सुधार समितिका अध्यक्ष सम्पुर्ण थापा, बखुण्डोल बुद्ध पार्कका सल्लाहकार खाइबा लामा, लिलिप घिसिङ, किताब सिं तामाङ, विष्णु शर्मा, रामगोपाल घले लगायतले ल्होछारको अवसरमा शुभकामना व्यक्त गरेका थिए । सोहि दिन पार्कमा माने र डम्फु स्तम्भ उद्घाटन गरिएको थियो ।
कार्यक्रममा बखुण्डोल बुद्ध पार्क व्यवस्थापन समिति अध्यक्ष सत्यमान लामाले वर्षमा दुइपटक उक्त पार्कमा भव्य कार्यक्रम हुने गरेको जानकारी दिए । सोनाम ल्होछार र कृष्णजन्माष्टमीका दिनमा भव्य कार्यक्रम हुने गरेको छ । यस वर्ष कृष्ण जन्माष्टमीको दिनमा ३ सय जना कन्या पुजिएको उनले जानकारी दिए । संस्कृति आदानप्रदान गर्ने थलोको रुपमा पार्कलाई विकास गर्ने योजना रहेको उनले बताएका छन । कार्यक्रममा कलाकारहरुले सास्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए भने उपस्तिथ सबै छमछमी नाचेका थिए । जिल्लाका विभिन्न स्थानमा ल्होछार विविध कार्यक्रमका साथ मनाईएको छ ।









