विकास तिमल्सिना
धुलिखेल
धुलिखेल मेयर कप फुटबल प्रतियोगिता शुरु भएको छ । धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जुले छैठौं राष्ट्रिय स्तरीय खुल्ला धुलिखेल मेयर कप फुटवल प्रतियोगिताको उद्घाटन गरेका हुन । रेफ्रिलाई फुटबल हस्तान्तरण गर्दै नगर प्रमुख ब्याञ्जुले प्रतियोगिता शुभारम्भ गरेका थिए । धुलिखेल नगरपालिकाको आयोजना र आकाश भैरव क्लबको समन्वयमा प्रतियोगिता भएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख ब्याञ्जुले नगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । खेलले शारिरीक तन्दुरुस्तीसँगै अनुशासन र नेतृत्व विकासमा योगदान गर्ने उनको भनाई थियो । प्रतियोगितामा १५ टिमको सहभागिता रहेको छ । मेयर कप फागुन ५ गतेसम्म धुलिखेल खेल मैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले १ लाख नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र, दोस्रो हुनेले नगद ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आकाश भैरव क्लबका अध्यक्ष पुकार श्रेष्ठ चोच्छेले जानकारी दिए । यस्तै बेष्ट प्लेयरलाई नगद ५ हजार सहित प्रमाणपत्र, बेष्ट डिफेन्स १ जनालाई नगद २ हजार ५ सय, बेष्ट गोल रक्षकलाई २ हजार ५ सय, हाई स्कोररलाई नगद २ हजार ५ सय र शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने मुख्य संयोजक अंकुर ब्याञ्जुले जानकारी दिए । म्यान अफ दि म्याचलाई क्लबको ज्याकेट उपलब्ध गराइनेछ । उद्घाटन खेल मनकामना एफसी काठमाण्डौं र काभ्रेली ब्वाइज काठमाण्डौ ंबीच भएको थियो ।









